Comments Add Comment

माटोको ढिस्कोले पुरिएर वीरगञ्जमा दुई जना घाइते

२८ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जमा माटोको ढिस्कोमा पुरिएर दुई जना गम्भीर घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा माटोको ढिस्कोमा पुरिएर २८ वर्षीय मजिबुर आलम र २७ वर्षीय आर जियाउल हक घाइते भएका हुन् । उनीहरु दुवै भारतीय नागरिक हुन् ।

सिर्सिया नदीको पुल बनाउने ठाउँमा बुधबार बिहान माटो खन्ने क्रममा उनीहरु ढिस्कोमा पुरिएका थिए । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको वीरगञ्जको पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment