+
+
Shares

माटोको ढिस्कोले पुरिएर वीरगञ्जमा दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १०:३६

२८ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जमा माटोको ढिस्कोमा पुरिएर दुई जना गम्भीर घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा माटोको ढिस्कोमा पुरिएर २८ वर्षीय मजिबुर आलम र २७ वर्षीय आर जियाउल हक घाइते भएका हुन् । उनीहरु दुवै भारतीय नागरिक हुन् ।

सिर्सिया नदीको पुल बनाउने ठाउँमा बुधबार बिहान माटो खन्ने क्रममा उनीहरु ढिस्कोमा पुरिएका थिए । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको वीरगञ्जको पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?