+
+

मामाघर आएका किशोरको पर्सामा शंकास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १०:५९

२८ कात्तिक, वीरगञ्ज । मामाघर आएका एक किशोरको पर्सामा शंकास्पद मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका–३, बढनिहार बजारमा रहेको मामाघरमा आएका १३ वर्षीय आर्यन तामाङको मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक तामाङको निधारमा चोट लागेको छ ।

तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि प्रहरीले भने यसको पुष्टि हुन बाँकी रहेको जनाएको छ । घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएकाले मृत्यु शंकास्पद देखिएको प्रहरी भनाइ छ ।

‘मामाघर आएका १३ वर्षीय किशोरको मृत्यु प्रेसर कुकर पड्केर भएको परिवारका सदस्यले  बताए पनि  पुष्टि हुन सकेको छैन,’ पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले भने, ‘यसबारे अनुसन्धान गर्न थप प्रहरी त्यसतर्फ पठाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?