Comments Add Comment

मिटुमा फँसेका आलोकनाथलाई लाग्यो गतिलो झट्का

मिटु प्रकरणमा मुछिएका भारतीय अभिनेता आलोकनाथलाई गतिलो झट्का लागेको छ । उनी फिल्म तथा टिभी आर्टिस्टहरुको संगठनबाट निष्काशित भएका छन् । फिल्म र टिभी सिरियलहरुमा संस्कारी पिताको भूमिका निभाउने आलोकनाथमाथि धेरै जनाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए । तीमध्ये एकले आफूमाथि आलोकनाथले नशालु पदार्थ खुवाएर बलात्कार गरेको दावी गरेकी थिइन् । यिनै आरोपहरुको पृष्ठभूमिमा सिने एन्ड टिभी आर्टिस्ट एसोसिएसन (सीईएनटीएए) ले उनको सदस्यता खारेज गरेको हो ।

‘उहाँमाथि गम्भीर आरोपहरु लागेका छन् । जबसम्म उहाँ यी आरोपहरुबाट मुक्त बन्नुहुन्न, तबसम्म यो संगठनमा रहन सक्नुहुन्न,’ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सिन्टाका एक अधिकारीले संगठनको सदस्य नरहे पनि आलोकनाथलाई टिभी र फिल्म प्रोजेक्टहरुमा अभिनय गर्न रोक नलगाइएको स्पष्ट पारे ।

‘निर्माता–निर्देशकहरुले आफ्नो रिस्कमा उहाँलाई खेलाउन सक्छन्, भविष्यमा उहाँबाट फेरि यस्ता हर्कत भएको खण्डमा सिन्टा जवाफदेही हुनेछैन,’ उनले भने । मिटु अभियान उत्कर्षमा पुग्दा लेखक तथा निर्देशत विनता नन्दाले आलोकनाथमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । उनले फेसबुकमा पोष्ट लेखेको एक महिनापछि सिन्टाले एक्सन लिएको हो । बिनताका अनुसार आलोकनाथले उनलाई आफ्नै घरमा लगेर नशालु पदार्थ खुवाएर बलात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment