+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आयो मोबाइल सेवाको गुणस्तरबारे अध्ययन रिपोर्ट, कुन पाटोमा को अब्बल ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १९:४४

२८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीको सेवाको गुणस्तर परीक्षण गरेको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सेवाको गुणस्तर सम्बन्धमा विभिन्न मापदण्ड र सूचकमा नेपाल टेकिलम र एनसेलकै बढी प्रतिस्पर्धा देखिएको छ । स्मार्ट टेलिकमको सेवा कुनैपनि सूचकमा अग्रस्थानमा नदेखिएको दूरसचार प्राधिकरणको अध्ययन रिपोर्टले देखाएको छ ।

प्राधिकरणले काठमाडौंको कमलादी, पुतलीसडक, सिंहदरवार, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जैसीदेवल, बसन्तपुर, क्षेत्रपाटी, असन, न्युरोड, रत्नपार्क, जमल, पकनाजोल सोह्रखुट्टे, अनामनगर, विजुलीबजार, नयाँबानेश्वर, भीमसेनगोला, थापागाउँ, मिलनचोक, बत्तीसपुतली, पुरानोबानेश्वर, मैतिदेवी, घट्टेकुलो, डिल्लीबजार, कमलपोखरी, नक्साल, नागपोखरी, गैरीधारा, टंगाल, भाटभटेनी, विशालनगार, गहनापोखरी, हाँडीगाउँ, भत्केको पुल र मित्रपार्क क्षेत्रमा सेवको गुणस्तर परीक्षण गरेर रिपोर्ट निकालेको हो ।

असोज ११ देखि गते २५सम्म भ्वाइस तथा इन्टरनेटमा चाप पर्ने विहान र बेलुकीको समयमा यो अध्ययन गरिएको हो । ड्राइभ टेस्ट विधिमा परीक्षण भएको हो ।

कल स्थापित हुने सफलताको दरमा नेपाल टेलिकम ९८.२६ प्रतिशतसहित पहिलो स्थानमा छ । एनसेलको ९७.७७ प्रतिशत कल सफल हुने गरेको पाइएको छ भने स्मार्टको ९२. ३९ प्रतिशत कल सक्सेस हुुने गरेको रिपोर्टमा उल्लेख छ । प्राधिकरणले ९९ प्रतिशत कल सफल हुनुपर्ने मापदण्ड तोकेपछि तीनवटै सेवा प्रदायक यसमा असफल भएका छन् ।

कल स्थापित हुन भने एनसेलको मोबइलमा छिटो हुने गरेको पाइएको छ । एनसेलमा ८.४८ सेकेण्डमा कल स्थापित भयो भने टेलिकममा ११.४८ सेकेण्ड । स्मार्ट टेलिकममा यस्तो समय १३.७१ सेकेण्ड देखिएको छ । दूरसञ्चार प्राधिकरणले यस्तो समयसीमा ५ सेकेण्ड तोकेको छ ।

आफैं फोन कल सम्पर्क बिच्छेद हुने समस्या भने सबै सेवा प्रदायकमा देखिएको छैन । सेवाको स्तर वा कल स्थापित नहने दरमा टेलिकम उत्तीर्ण भएको छ । प्राधिकरणले यस्तो दर २ प्रतिशत बढी हुन नहुने नियम बनाएको छ ।

टेलिकमका १.७४ प्रतिशत कल मात्रै स्थापित हुँदैनन् भन्ने अध्ययनले देृखएको छ । एनसेलको २.२३ र स्मार्ट टेलिकमको ७.६१ प्रतिशत डायल भएका कल लाग्दैनन् ।

इन्टरनेट सेवाको गुणस्तरमा पनि टेलिकम र एनसेलकै प्रतिस्पर्धा छ । प्राधिकरणले परीक्षण गर्दा इन्टरनेट पिंग हुन टेलिकममा १४० मिलिसेकेण्ड लाग्यो भने एनसेलमा १५० र स्मार्टमा १८० मिलिसेकेण्ड ।

वेबपेज लोड हुन भने एनसेलमा छिटो हुने देखियो । एनसेलमा ७.३६ सकेण्डमा वेबपेज लोड भयो भने टेलिकममा १६.८९ सकेण्ड लाग्यो । स्मार्टमा २०.७९ सकेकण्डको समय लियो ।

वेबपेज लोड हुने सफलताको दरमा एनसेल अघि देखिएको छ भने फाइल डाउनलोड हुने सफलतको दरमा टेलिकम अग्रस्थानमा छ ।

फाइल डाउनलोड गर्दा डाटको बहावमा टेलिकमले एनसेललाई उछिनेको छ भने फाइल अपलोड हुो सफलताको दरमा टेलिकमभन्दा एनसेल अब्बल देखिएको छ ।

पुरा रिपोर्ट हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?