Comments Add Comment

तिलकरत्ने दिलशान राजपाक्षेको पार्टीमा

२९ कात्तिक, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान एवम् स्टार क्रिकेटर तिलकत्ने दिलशान राजनीतिमा लागेका छन् ।

उनी बुधबार पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको पार्टी श्रीलंका पोदुजना पेरामुना (एसएलपीपीमा) आवद्ध भएका छन् ।

बुधबार बिहान दिलशान एसएलपीपीको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको सदस्यता लिएका थिए । एसएलपीपीले आफ्नो ट्वीटर एकाउन्टमार्फत् तिलकरत्ने दिलशानले पार्टी सदस्यता लिएको जानकारी दिएको छ ।

आगामी संसदीय निर्वाचनमा दिलशान पनि उम्मेदवार बन्ने चर्चा छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै रणिल विक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट हटाएर दुई पटकसम्म राष्ट्रपति बनिसकेका राजपाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए । संसदमा राजपाक्षेको बहुमत नपुग्ने भएपछि संसदसमेत विघटन गरी आगामी जनवरी ५ मा आकस्मिक निर्वाचन गर्ने घोषणा गरिएको थियो ।

त्यसविरुद्ध विक्रमासिंघे अदालत गएका थिए र अदालतले संसद पुनःस्थापना गर्न आदेश दिएको थियो । श्रीलंकाको पुनःस्थापित संसदले नवनियुक्त प्रधानमन्त्री राजपाक्षेविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment