+
+
Shares

दाङबाट काठमाडौं हिँडेको बस कावासोतीमा दुर्घटना, ४ जना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते ८:२१

२९ कात्तिक, कावासोती । नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख  ६३०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरले दिएको जानकारी अनुसार गम्भीर घाइते ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन पठाइएको छ । सामान्य घाइते १२ जनाको भने कावासोतीकै कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

चालक निदाएका कारण दुर्घटना भएको आशंका गरिए पनि चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

विजय चालिसेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?