Comments Add Comment

सहुलियत कर्जा लिन बैंकको आग्रह

२९ कात्तिक, काठमाडौं । सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । बिहीबार सार्वजनिक सूचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत कर्जा लिन सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

क, ख र ग वर्गका बैंक, वित्तका छाता संगठनहरु नेपाल बैंकर्स एशोसिएसन, डेभलपमेन्ट बैंकर एशोसिएसन र वित्त कम्पनी संघले सहुलियत दरको कर्जा लिन सार्वजनिक सूचना नै जारी गरेका छन् ।

शिक्षित युवा, स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितको निजी आवास निर्माण एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जामा सहुलियत दिने चालु आर्थिक वर्षको बजेटमा नै व्यवस्था गरिएको छ ।

यस अघि राष्ट्र बैंकलेसमेत यस्तो कर्जा लिन आग्रह गरेको थियो । कर्जामा तोकिएको ब्याज अनुदानसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ जारी गर्दै परिपत्र गरिसकेको छ ।

यस्तो कर्जा उपलब्ध गराउन पनि गत असोज ११ गते राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment