+
+
Shares

कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १६:१४

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो बैठकमा नेपाल विद्यार्थी संघको विवादबारे छलफल हुने नेताहरुले बताएका छन् ।

नेवि संघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न भनिएको थियो । तर, यो पटक पनि अधिवेशन हुन सकेन । बरु यो बीचमा पार्टी नेतृत्वले एकपक्षीय रुपमा ३२ वर्षे उमेर हद लगाउने एउटा धाराबारे छलफल गराएपछि विवाद बढेको छ ।

अबको बैठकमा फेरि म्याद थप्ने वा वर्तमान कार्यसमिति भंग गर्ने विकल्पबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?