Comments Add Comment

अंगदको स्वीकारोक्तिः नेहा बिहे अगाडि नै दुई जिउकी थिइन्

बलिउड अभिनेत्री नेहा धुपियाले बडो गुपचुप तरिकाले बिहे गरिन् । बिहेको तस्वीर बाहिर नआउँदासम्म कसैलाई थाहा पत्तो थिएन । भारतीय मिडियाहरु सोनम कपुरको बिहेमा केन्द्रित भएको बेला उनलाई कसैले ध्यान दिएका पनि थिएनन् ।

एक्कासी तस्वीर सार्वजनिक भएपछि सबै अचम्भित भए । अनि, आशंका गरियो कि अकश्मात गोप्य तरिकाले बिहे गर्नुमा पक्कै केही गडबडी हुनुपर्छ । त्यसपछि नेहा बिहे अगावै गर्भवती रहेको चर्चा चल्यो । चर्चा बाक्लिएपछि नेहा र उनका श्रीमान अंगद बेदीले यसको खण्डन गरे । तर, त्यसको केही समयमै उनीहरुले नेहा गर्भवती भएको सार्वजनिक घोषणा गरे ।

अहिले आएर अंगदले यस विषयमा मुख खोलेका छन् । उनले बिहे अगाडि नै नेहा दुई जिउकी भएको स्वीकार गरेका छन् । त्यो पनि अन्यत्र होइन, नेहाले सञ्चालन गर्ने च्याट शोमा अन्तरवार्ता दिएर । नेहाले आफ्नो च्याट शोको आगामी ऐपिसोडमा श्रीमानलाई नै गेष्ट बनाएकी छन् । यस एपिसोडको प्रोमो बाहिरिएको छ । प्रोमोमा अंगदले भनेका छन्, ‘बिहे अगाडि नै नेहा गर्भवती भएपछि हामी अप्ठेरोमा परेका थियौं । यो कुरा मैले नै नेहाको आमाबुवालाई बताएँ । नेहाकी आमा खुब रिसाउनु भयो । र उनको बुवाले हामीलाई तुरुन्तै बिहे गर्न सुझाव दिनुभयो । त्यही अनुसार हामीले हतारमा बिहे गरेका हौं ।’

यसअघि एक अन्तरवार्तामा नेहाले आफ्नो करिअर जोगाउनका लागि प्रेग्नेन्सी लुकाएको बताएकी छन् । उनले भनेकी छिन्, ‘त्यतिबेला नै यो कुरा सार्वजनिक गरेको भए मैले काम पाउन बन्द हुन्थ्यो । धन्न ६ महिनासम्म पनि मेरो पेट देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment