+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

फेक रेस्क्यू प्रकरण : हस्पिटलले खोसेको पासपोर्ट पावेलले फिर्ता पाए

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते ३:३०

३० कात्तिक, काठमाडौं । अन्नपूर्ण बेस क्याम्पसम्म पदयात्राका लागि जाँदा फेक रेस्क्यूमा परेका रसियन नागरिक पावेल छेपेलेन स्वदेश फर्किएका छन् । नर्भिक हस्पिटलले कब्जामा लिएको पासपोर्ट फिर्ता दिनुका साथै उपचारको खर्च पनि नलिएपछि उनी स्वदेश फर्किएका हुन् ।

यसअघि अनलाइनखबरले १३ कात्तिकमा पावेल फेक रेक्यूमा परेको बारे समाचार लेखेको थियो । त्यसपछि घटनालार्इ सामधान गर्न नर्भिक हस्पिटल प्रशासनलार्इ दबाब परेको थियो ।

पदयात्रामा हिँडेको तन्दुरुस्त मानिस एकाएक हस्पिटलको इमर्जेन्सी बेडमा पुगेको गुनासो गर्दै पावेलले अनलाइनखबरसँग भनेका थिए, ‘२४ असोजको साँझ मनाङको नगवाल गाउँको एउटा पसलमा छिरेर थुक्पा खाएँ । त्यहाँ लेक लाग्छ भन्ने सुनेको थिएँ । औषधि माग्दा महिलाले केही धुलो जस्तो पदार्थ दिइन् । त्यो खाइसकेपछि एक्कासि मैले आफूलाई हस्पिटलको बेडमा पाएँ ।’

राहदानी नं. ७५५५८८३७४ बाहक २२ वर्षीया पावेलको नर्भिक हस्पिटलमा उपचार त भयो तर, उपचार खर्च तिर्न सक्दा उनको पासपोर्ट हस्पिटलले खोस्यो । त्यसपछि न्याय खोज्दै उनी नेपाल प्रहरीको विभिन्न निकायमा पुगेका थिए । तर, कुनै पहल भएन ।

‘एउटा निकायले अर्को निकायलाई देखाउने काम मात्रै भएको थियो’, नेपालस्थित रसियन दूतावासका एक अधिकारीले भने, ‘हल्लिखल्ली मच्चिएपछि अहिले हस्पिटलले पासपोर्ट फिर्ता गरेको छ भने करिब ४ लाख रुपैयाँ बराबरको उपचार खर्च पनि मिनाहा गरिएको छ । र, पावेल स्वदेश फर्किएका छन् ।’

ती अधिकारीका अनुसार उद्दार गरी ल्याउने समिट एयरको हेलिकोप्टरले पनि शुल्क लिएन ।

पावेल ९ असोजमा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका थिए । नेपालका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने योजना बुनेर आएका उनी मनाङ हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म यात्रा गर्न चाहन्थे । तर, फेक रेक्यूमा परेका कारण उनी आफ्नो यात्रा पूरा नहुँदै स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?