Comments Add Comment

सिद्धार्थ राणा पाँचौंपटक ठहरिए उत्कृष्ट करदाता, कुन समूहमा कसले तिरे बढी कर ?

१ मंसिर, काठमाडौं । व्यवसायी सिद्धार्थ शमशेर जबरा पाँचौंपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको साताैं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्‍यो ।

उनले लगातार चारपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले एकपटक धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मान पाएका थिए ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जबरा सफल ब्यावसायीका रुपमा स्थापित छन् । यही कम्पनीले यो वर्ष पनि व्यापार-ब्यवसायतर्फ तर्फ सबैभन्दा बढी कर तिरेर सम्मान पाएको छ ।

धेरै आय कर तिर्ने कम्पनीका रुपमा भने सूर्य नेपाल सम्मानित भएको छ । सबैभन्दा बढी मूल्यअभिवृद्धि कर (भ्याट) तिर्ने तिर्ने कम्पनीको सम्मान घोराहीले पाएको छ ।
आन्तरिक राजस्व विभागले राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले अन्य उत्कृष्ट करदाताहरुलाई पनि सम्मान गरे ।

डाबर नेपाल सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता बनेको छ । उद्योगतर्फ हिमालपावर उत्कृष्ट करदाता भएको छ । त्यस्तै कृषितर्फ उत्कृष्ट आयकरदाता प्रो बायोटिक कम्पनी निम्बस ठहरियो ।

यसैगरी सहकारीतर्फ छिमेकी लघुवित्तले सबैभन्दा धेरै आयकर बुझाउँदै सम्मान पाएको छ । बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मानित भएका छन् ।

स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वाषिर्क ४० करोडको कारोबार गर्नेबाट नेपाल इन्भेक्ष्टमेन्ट प्रालि र ४० देखि ८० करोड कारोबार गर्नेबाट धितोपत्र बोर्ड सम्मानित भएका छन् ।

वीमातर्फ नेपाल पुनर्बिमा कम्पनीले बढी आय कर तिरेको छ भने सूचना प्रविधिमा एफ वान सफ्ट सम्मानित भएको छ । पर्यटनतर्फ तारागाउँ रेजेन्सी होटल -ह्यात) ले सबैभन्दा बढी आय कार तिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment