Comments Add Comment

रत्नजित सातौं पटक विजयी

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौं पटक विजयी भएका छन् ।

शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपीएफका दिपेश धामीलाई २१।११, २१।१६ को सहज जितसँगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन् ।

तामाङ्गले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । उपविजयी दिपेशले नगद २० हजार र तेश्रो स्थान हात पारेका सेनाका नविन श्रेष्ठ र रुकेश महर्जनले नगद १०।१० हजार पाए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फको खेलम सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै रशिला महर्जनमाथि जित निकाल्दै पुनरागमन गरेकी छिन् ।

अघिल्लो संस्करणमा जेशिका गुरुङ्ग संग पराजित भएकी नङ्गशलले महर्जनलाई २२।२०, १५।२१ र २१।१८ ले पाखा लगाइन् । तामाङ्गले ५० हजार र उपविजेता महर्जनले २५ हजार प्राप्त गरे । एपीएफका शोभा गौचन र जेशिका गुरुङ्गले तेश्रो स्थान हात पार्दै नगद १०।१० हजार पाइन् ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी विजयी भयो ।

रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२।२०, २०।२२ र २१।११ को कठिन जित निकाल्दै उपाधि जिते । तेश्रो स्थानमा सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे । शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले क्रमशः नगद २०, १० र ५ हजार पाएका छन् ।

महिला युगल तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधि हात पार्‍यो । श्रेष्ठ र गुरङ्गको जोडीले सेनाका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीलाई २१।१३, २१।१४ को सोझो सेटमा हार चखाए । विजयी जोडीले नगद २० हजार प्राप्त गरे ।

यू-१७ ब्वाईजतर्फ दुवई जुनियर अन्तराष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई २१।१६, २१।५ को सहज जितका साथ पहिलो स्थान प्राप्त गरे ।

गर्ल्स तर्फ सेनाकी रशिला महर्जनले सेनाकै रञ्जना भट्टलाई २१।५, २१।५ ले पाखा लगाउँदै उपाधि हात पारिन् । यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा सेनामा सुभाष श्रेष्ठ र भूमि गुरुङ्गको जोडीले बाजी मार्‍यो । सुभाष र भूमिको जोडीले जेष्टका नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी माथि १६।२१, २१।१६, २१।१६ को सेटमा पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment