Comments Add Comment

ए डिभिजन लिग खेल्न नेपाल आए सन्तोष साहुखल

काठमाडौं । लामो समयदेखि जापानमा बस्दै आएका फुटबलर सन्तोष साहुखल ए डिभिजन लिग खेल्न नेपाल आएका छन् । शनिबार च्यासल युथ क्लबले त्रिभुवन आर्मीविरुद्ध हलचोक मैदानमा खेल्दा सन्तोष पनि टिममा थिए ।

सन्तोषले च्यासलको हार टार्न भने सकेनन् । च्यासलाई आर्मीले १-० गोल अन्तरले हराएको छ । दोस्रो हाफमा च्यासलको प्रदर्शन केही सुधारिएको भने थियो ।

मौसम परिर्वतन तथा टिममा घुलमिल हुन बाँकी नै रहेकाले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको खेलपछि सन्तोषले बताए । उनले भने, ‘टिममा विमल -घर्ती मगर) र हेमन्तलाई मात्र चिनेको छु । अरुलाई त चिनेको पनि छैन ।’

यद्यपि आगामी दिनमा प्रदर्शन सुधार्दै लैजाने उनले बताए ।

सन्तोषका अनुसार क्लबले एयरफेयर र केही रकम दिने गरी उनलाई नेपाल बोलाएको हो । अब यो सिजन ए डिभिजन लिगका बाँकी खेल खेलेर फर्किनेछन् ।

म्याच फिक्सिङको आरोपमा तत्कालीन कप्तान सागर थापासहित ५ जना पक्राउ परे लगतै सन्तोष सुटुक्क जापान गएका थिए । लामो समय उतै बसेका उनी पछिल्लो पटक मदन भण्डारी मेमोरियल इटहरी कपमा मनाङको टोलीमा देखिएका थिए । तर, उनले धेरै समय मनाङबाट खेलेनन् ।

जापानको जे एट लिग खेलिरहेका सन्तोषले अझै पनि अबसर पाए नेपालको राष्ट्रिय टोलीबाट खेल्ने इच्छा रहेको बताए । तर, त्यो आफूले चाहेर मात्र नहुने भन्दै उनले भने, ‘एन्फा र कोचले पनि बोलाउनुपर्‍यो । मैले भनेर मात्र हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment