Comments Add Comment

भारतको सहयोगमा कास्कीमा तीन शैक्षिक संस्था निर्माण

२ मंसिर, पोखरा । भारत सरकारको सहयोगमा कास्की जिल्लामा तीनवटा तीन वटा शैक्षिक संस्थाको भवन निर्माण गरिएको छ । भारतले लेखनाथ नगरपालिकामा सरस्वती टिका उच्च मावि, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका भवन निर्माण गरिदिएको हो ।

सरस्वती टिका उच्च माविको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले तथा लक्ष्मी आदर्श र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको उदघाटन नेपालस्थित भारतीय दूतावासका मिसन उपप्रमुख डा. अजय कुमारले उदघाटन गरे ।

नवनिर्मित भवनहरुमा सुविधासम्पन्न सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय आदिको व्यवस्था छ ।

सरस्वती टिका उच्च माविको भवन निर्माण गर्न भारतले ३ करोड ७१ लाख नेपाली रुपैयाँ सहयोग गरेको थियो । सो विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थीले पढ्दै आएका छन् । तिमध्ये ४५ प्रतिशत छात्रा छन् ।

यसैगरी लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको भवन निर्माण गर्न भारत सरकारले ४ करोड ८४ लाख नेपाली रुपैयाँ सहयोग गरेको थियो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालीन कार्यक्रम एवं १० जोड दुईमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दछ । यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् ।

यसैगरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन निर्माण गर्न भारतले ४ करोड १२ लाख नेपाली रुपैयाँ सहयोग गरेको थियो । यो क्याम्पस पनि त्रिभुवन विश्वविद्यालयसँग आबद्ध छ । गैरनाफामूलक यस प्राज्ञिक संस्थामा बी.एड., बीबीएस र एमबीएसको पढाइ हुन्छ । हालै यस क्याम्पसले बीएचएम र बीआईएम संकायमा पनि पढाइ शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् ।

कास्कीका यी उच्च मावि र क्याम्पसहरुमा कास्की जिल्लाका साथै स्याङ्जा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका विद्यार्थीहरुले पनि पढ्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment