Comments Add Comment

बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियोमा डीसलाइक धेरै

केही समय अगाडि चलचित्र ‘सुनगाभा’ बनेको थियो, जसले लेजबियन जोडीको सम्बन्धलाई प्रस्तुत गरेकोे थियो । हलमा असफल भएपनि यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । मानिसको सोच परिवर्तन हुँदै गएपछि समाजमा खुल्ला रुपमा देखिन थालेको यस्तो सम्बन्धले पर्दामा पनि स्थान पाइरहेका छन् ।

यही क्रममा, एउटा म्यूजिक भिडियोमा दुई यूवतीको लेजबियन सम्बन्धलाई प्रस्तुत गरिएको छ । प्रविन श्रेष्ठले निर्देशन गरेको ‘मैले भुल्न’ बोलको गीतमा मोडलद्धय रीमा विश्वकर्मा र बेनिशा हमालको यस्तै सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

दर्पण यात्रीको शब्द, जीतेन लामाको संगीत र अन्जु पन्तको स्वरमा समावेश यो गीतको अडियो सुमधुर छ । उत्तम हुमागाइको छायांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह–निर्देशन, प्रविण श्रेष्ठकै सम्पादन रहेको भिडियोलाई युुटुबमा भने रुचाइएको छैन । यो गीतको भिडियोमा लाइक भन्दा डीसलाइक गर्नेको संख्या धेरै छ । विशेषगरि, दर्शकले रीमा र बेनिशाको अन्तरंग दृश्यमाथि नकारात्मक प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment