Comments Add Comment

ए डिभिजन लिग : मछिन्द्र र पुलिसबीच गोलरहित बराबरी

२ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले बलियो मानिएको विभागीय टिम नेपाल पुलिससँग गोलरहित बराबरी खेल्दै अंक खोस्न सफल भएको छ ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा विभागीय टिम पुलिसलाई मछिन्द्रले गोलरहित बराबरीमा रोकेको हो । मछिन्द्रले रक्षात्मक खेल खेलेको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलअवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा पुलिसले बराबरीमै चित्त बुझाउन पुग्यो । पुलिसले आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको थियो ।

दोस्रो खेलमा पनि जित हात पार्ने लक्ष्यसहित मैदानमा प्रवेश गरेको थियो । यता, मछिन्द्रले भने आफ्नो पहिलो खेलमा च्यासललाई गोलरहित बराबरीमा रोकेको थियो भने आफ्नो दोस्रो खेलमा पनि त्यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा रहेको थियो । मछिन्द्र आफ्नो लक्ष्यमा सफल पनि भएको छ ।

दोस्रो खेलमा अबको केही बेमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment