Comments Add Comment

ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु

२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।

बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडा-४ का २० वर्षीय सुदिप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडा-४ कै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिए ।

ट्रक सडकमै पल्टिएपछि राजमार्गसमेत अवरुद्ध भएको छ । स्थानीय र प्रहरीले ट्रक हटाएर राजमार्ग सञ्चालनको प्रयास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment