+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
154/5 (18.3)
Shares

प्रयोग गरिसकेका स्यानिटरी प्याड किन खाइरहेका छन् यहाँका मानिस ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १५:२५

नशाका लागि मानिसहरु के के सम्म गर्न पछि पर्दैनन् ? नशाका लागि लागूऔषध, रक्सी तथा गाँजा सेवन गर्ने गर्छन् मानिसहरु । तर, इण्डोनेसियामा मानिसहरुले नशाका लागि यस्तो चिज खान्छन् जुन सुन्दैमा होस उड्छ ।

इण्डोनेसियाका कतिपय क्षेत्रमा मानिसहरुले रजश्वलाका क्रममा महिलाले प्रयोग गरेका स्यानिटरी प्याड तथा बच्चाबच्चीहरुका लागि प्रयोग गरेका डाइपरहरु पानीमा उमालेर त्यस्तो पानी पिउने गर्दछन् । लठ्ठाउने नशाको रुपमा मानिसहरु यस्तो चिज प्रयोग गर्दछन् ।

किशोर किशोरीहरुमा यस्तो वस्तुको सेवनको दर बढिरहेको बताइन्छ । रक्सी, ड्रग्स तथा चुरोट खरीद गर्नका लागि पैसा नहुने युवकहरुमा पनि यस्तो नशाको दर उच्च रहेको बताइन्छ । त्यहाँ फोहोरको थुप्रोमा प्रयोग गरिसकेका स्यानिटरी प्याड खोज्ने मानिसहरु भेटिन्छन् ।

डाक्टरहरुले भने नशाका लागि स्यानिटरी प्याड उमालेर खानु प्राणघातक हुनसक्ने बताउँछन् । स्यानिटरी प्याडमा सोडियम पोलीक्राइलेट हुन्छ, जुन रगत सोस्नका लागि प्रयोग हुन्छ । सोही केमिकलले मानिसहरुले लठ्ठाउने पनि गर्दछ । तर, त्यो रसायन निकै हानिकारक हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?