Comments Add Comment

यूईएफए नेसन्स लिगः क्रोएसियालाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

३ मंसिर, काठमाडौं । इंग्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्न सफल भयो । इंग्ल्यान्डका लागि जेसे लिंगार्ड र कप्तान हृयारी केनले गोल गरे । यता, क्रोएसियाका आन्द्रेज क्रमारिचले गोल गरेका थिए ।

पहिलो हाफ भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा इंग्ल्यान्डले दुई गोल गर्दा क्रोएसियाले एक गोल गर्न सफल भयो । खेलको ५७ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा लिंगार्डले गोल गर्दै इंग्ल्यान्डलाई बराबरी गोलमा पुर्‍याएका थिए । त्यस्तै, खेलको ८५ औं मिनेटमा कप्तान हृयारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलको जित दिलाए ।

जितपछि इंग्ल्यान्डले लिग ‘ए’ समूह ४ बाट ४ खेलमा ७ अंक बनाउँदै सेमीफाइनलमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment