Comments Add Comment

महोत्तरीमा फेरि पनि डकैती, १० लाख बराबरको धनमाल लुटियो

३ मंसिर, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका ३ मा १० लाख रुपैयाँ बराबरको लुटपाट भएको छ । लुटेरा समूहको कुटाइबाट एकै घरका ३ जना गम्भीर घाइते पनि भएका छन् ।

आइतबार राति करिब १० जनाको हतियारधारी समूहले सोनमा गाउँपालिका ३ खख्का श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेको हो ।

महोत्तरी प्रहरीका डिएसपी खगेन्द्र खड्काले हतियारधारी समूहले एकाएक घरमा पसेर सुतिरहेका तीनजनलाई भाटाले हिर्काएर घाइते बनाएको र लुटपाटको क्रममा आतंक फैलाउन बिस्फोट पदार्थसमेत प्रयोग गरेको जानकारी दिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिक रहेकाले लुटेराहरु सीमापारीबाट आएको र उत्तै भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

कुटपिटबाट १० जना घाइते

घरेलुु हतियारसहित आएका लुटेराहरुले घरका सदस्यहरुलाई बन्धक बनाइ कुटपिट गरेका थिए । घाइते १० जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको यादवले बताए । लुटेराहरुको आक्रमणबाट गम्भीर घाइते हुनेहरुमा लेलिन यादव, संजिव यादव र सुरेन्द्र यादव रहेका छन् ।

लुटेरा समूहको आक्रमणबाट मुरनदेवी यादव, राजिव कुमार यादव, शान्ति देवी, चित्रलेखा यादव, रिंकु यादव, जितेन्द्र यादव, दिदेन्द्र यादव घाइते भएका छन् ।

घाइते ९ जनाको महोत्तरीको सम्सीमा रहेको जीवन ज्योती अस्पतालमा उपचार भइरहेको छ भने सुरेन्द्रको उपचार जनकपुर अञ्चल अस्पतालमा समेत सम्भव नभएपछि थप उपचारको लागि अन्यत्र रेफर गरिएको छ ।

लुटेरा समूहले यादबको घरमा रहेको साढे चार लाख नगद, ७ तोला सुन, आठ तोला चाँदी र सात थान मोबाइल लगायत १० लाख बराबरको धनमाल लुटेर लगेको घरधनी श्रीचन्द्र यादवले बताए ।

लुटपाट भएको यादवको घरभन्दा करिब डेढ किलोमिटरको दुरीमा रघुनाथपुर इलाका प्रहरी कार्यालय छ । लुटेरा समूहले करिब ४५ मिनेटसम्म लुटपाट मच्चाएका थिए । फोन गरेर बोलाउँदा पनि प्रहरी समयमा नआएको यादव परिवारको गुनासो छ ।

डीएसपी खड्काले घटनाबारे अनुसन्धान भैैैरहेको बताए ।

२२ भदौको राति पनि महोत्तरीको भंगाह नगरपालिका ६ जमुनियामा लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment