+
+
Shares

नेविसंघ अध्यक्ष भन्छन्– कार्यतालिका नहेरी म्याद थपियो, पार्टीमा कुरा राख्छु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते ११:२३

३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले नेविसंघको दुई महिना मात्र म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन् । उनले यसबारे पार्टीका नेताहरुसँग कुरा गर्ने बताए ।

गएराति अबेर सकिएको कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेको थियो । तर, महाधिवेशनको कार्यतालिका नहेरी म्याद थपिएकोमा अध्यक्ष महरले असन्तुष्टि जनाए । उनले ६ महिना म्याद थपको प्रस्ताव गरेका थिए ।

कुनै महाधिवेशन प्रतिनिधिले गलत नियत राखेर काम गरिदिएन भने उसलाई कारबाहीको व्यवस्था नभएकाले महाधिवेशन नहुने खतरा पनि हुने नेताहरु बताउँछन् ।

‘सबै नेता कार्यकर्ताको सहयोग भए दुई महिनाभित्रै महाधिवेशन गर्न सकिन्छ, नसकिने होइन, तर प्रतिनिधि पठायो र काम गर्दिएन भने उसलाई कारबाहीको व्यवस्था छैन । अर्को प्रतिनिधि पठाउँदा समय पनि लाग्छ,’ महरले भने ।

कार्यतालिका नहेरी म्याद थपिएकाले यसबारे पार्टी नेताहरुसँग कुरा राख्ने महरले बताए । ‘म्याद थपेको जस्तो मात्र गर्ने, तर महाधिवेशन नहुने स्थिति आएमा राम्रो हुँदैन,’ उनले भने, ‘त्यसैले यसबारे आज पार्टीका नेताहरुसँग कुरा गर्छु ।’

पार्टी केन्द्रीय समितिले दुई महिना मात्र म्याद थपिएकोमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पक्षका नेविसंघ नेताहरु पनि असन्तुष्ट छन् । दुई महिनामा महाधिवेशन गर्न नसकिने भन्दै उनीहरुले सामुहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

तर, महरले सबैको साथ र सहयोग पाएमा तोकिएको म्याद भित्रै महाधिवेशन गर्न सकिने भन्दै सकारात्मक भूमिका खेल्न सबैलाई आह्वान गरे । उनले भने, ‘सबैको सहयोग पाइयो भने डेढ महिनामा पनि गर्न सकिन्छ । किन दिने राजिनामा ? बरु महाधिवेशन गराउनतिर लागौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?