+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ललितपुर महानगरभित्रका सडकमा अब ‘स्मार्ट लाइट’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते ११:४८

३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकालेन नगरभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ति) जडान गर्ने तयारी गरेको छ । अहिले सडक बत्ति जडान गर्ने स्थान पहिचान गर्ने काम भइरहेको गरिसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणको आवतजावतको सहज र सुरक्षित पार्न स्मार्ट लाइटको अवधारणा ल्याइएको हो ।

पुल्चोकदेखि ग्वार्कोको रुट, कुपण्डोलको इञ्जिनियरिङ कलेजदेखि पाटनढोका हूँदै मंगलबार, लगनखेल देखि धापाखेल, सानेपाका मुख्य मुख्य सडक, जावलाखेलदेखि बुङमतीसम्म, बाग्मतीदेखि लगनखेलसम्म स्मार्ट लाईट जडान गर्ने महानगरको योजना छ ।

पाटन लगायतका महत्वपूर्ण सम्पदा रहेका स्थलका सबै क्षेत्रमा स्मार्ट लाइट गर्ने महानगरको तयारी छ ।  यसका लागि ललितपुर महानगरले ८ करोड बजेट छुट्टाएको प्रमुख महर्जनले जानकारी दिए ।

‘शुरुमा हामीले सानो एरिया कभर हुने गरी टेण्डर खोलेका थियौं, त्यसमा ठूला कम्पनीले आवेदन दिएनन्, अहिले सडक बत्ति जडान गर्ने एरिया ठूलो बनाएका छौं, सकेसम्म यसै आर्थिक वर्षभित्र सम्पन्न हुन्छ’, उनले भने ।

बाग्मतीदेखि लगनखेलसम्म मात्रै सडक बत्ति जडान गर्न खोज्दा ठूला कम्पनीले आवेदन नदिएको उनको भनाइ छ ।  ललितपुर महानगरपालिकाभित्र स्मार्ट लाइट जडानका लागि नेपाल विद्युत प्राधिकरणले टेण्डर आहृवान गर्ने प्रमुख महर्जनले जानकारी दिए ।

लाइट जडानको सम्पूर्ण खर्च महानगरले व्यहोर्ने छ भने प्राविधिक र खरिद प्रक्रिया प्राधिकरणले गर्ने महर्जनले बताए । नयाँ जडान गर्न लागिएको स्मार्ट लाइट सेड्युल (तालिका) अनुसार बल्ने उनको भनाइ छ ।

रिमोट सिस्टममा आधारित, विद्युत कम खपत गर्ने, धेरै प्रकाश दिने, आवागमन कम हुँदा ४ मध्ये एउटा मात्र बत्ति बल्ने, रात छिप्पिँदै जाँदा झन् चहकिलो हुने भएकाले स्मार्ट लाइट भनिएको हो ।  यस किसिमका सडक बत्ति चीन, जापान, डेनमार्क लगायतका देशमा प्रयोगमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?