Comments Add Comment

उद्योगका विषाक्त पानीले यसरी पाउँछ ‘पुनर्जीवन’

३ कात्तिक, हेटाैंडा । अझै पनि धेरै उद्योगबाट निस्कने प्रदुषित पानी सीधै खोलामा मिसाइन्छ । काठमाडौं र बारा/पर्सा लगायतका जिल्लामा त यो समस्या भयावह छ । तर, हेटौंडामा भने औद्योगिक क्षेत्रबाट निस्किएको दुषित पानीको वैज्ञानिक व्यवस्थापन गरिन्छ । जहाँ रसायन मिसिएका पानी प्रशोधन गरेर माछालगायतका जलचर प्राणी बाँच्न सक्ने बनाइन्छ ।

औद्योगिक क्षेत्रबाट निस्किएको फोहोर पानीलाई सीधै खोलामा मिसाइँदैन । यहाँ ‘फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा छ । जहाँ उद्योगबाट आएका रासायनिक पानी पनि प्रशोधन भएपछि मात्रै कर्रा खोलामा मिसाइन्छ । यो केन्द्र नबनिन्जेल उद्योगका पानी सीधै खोलमा मिस्याइन्थ्यो । तर, अहिले हेटौंडाको कर्रा खोलमा उद्योगको एक थोपा फोहोर पानी मिसिँदैन ।

१६ वर्षअघि स्न २००२मा यो प्रशोधन केन्द्र बनेको हो । नमूनाका रुपमा डेनमार्कले बनाइदिएको यो प्रशोधन केन्द्र हेटौंडामा उद्योग, स्थानीयबासी र नदीका जलचरहरुका लागि बरदान जस्तो भएको छ ।

खोलालाई औद्योगिक प्रदुषणबाट बचाउन र जैविक वातावरण कायम राखिरहन यसले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् हेटौंडा औद्योगिक क्षत्रे व्यवस्थापन कार्यालयका प्रमुख नेपालभुषण वैद्य ।


हेटौंडाका तीन दर्जभन्दा बढी उद्योगबाट आएका प्रदुषित पानीलाई यहाँ उपचार गरिन्छ । केन्द्रमा कार्यरत प्राविधिकहरुका अनुसार पानीको उपचार पद्धति पूर्ण रुपमा जैविक हो । फोहोर पानीलाई प्रशोधन गर्न कुनै मेसिनरी वा अन्य विधि अपनाउँदैन । दर्जनौं चरणमा पानीलाई जैविक तवरले फिल्टर गर्दै पोखरीमा जमाउँदै पानीको प्रशोधन गरिन्छ ।

उद्योगबाट प्लान्टमा आइपुगेको पानीलाई खोलसम्म पुग्न १८ दिन लाग्छ । त्यो समयसम्म पानीलाई अक्सिजनमा पर्याप्त मात्रामा घुल्न दिएर त्यसका रसायनलाई निस्क्रिय गराइन्छ ।

यो केन्द्र अहिले शैक्षिक भ्रमण र अनुसन्धान गर्नेहरुको पनि आकर्षणमा छ । यहाँ वातावरण, विज्ञान लगायतका विषयमा विद्यार्थी, अनुसन्धानकर्ता र वैज्ञानिकहरु आएर अध्ययन गर्छन् ।

भारतदेखि पनि यहाँ अध्ययन अवलोकनमा लागि विद्यार्थीहरु आउने गरेको केन्द्रमा कर्मचारीहरु बताउँछन् ।


यहाँबाट प्रशोधन भएको पानी परीक्षणपछि मात्रै खोलामा मिसाइन्छ । यो केन्द्रमा प्रतिदिन ११ सय घनमिटर पानी प्रशोधन गर्न सकिन्छ । तर, क्षमताअनुसार उद्योगहरुले प्रदुषित पानी उत्पादन गरेका छैनन् । ७.५ बिघा क्षेत्रफलमा फैलिएको केन्द्रको निर्माण हिमाल हाइड्रोले गरेको थियो ।

हेटौंडामा बनेको यो पानी प्रशोधन केन्द्रले जैविक रुपमै पानी सफा बनाउन सकिने पुष्टी गरेपछि अन्यत्र पनि यस्तो प्रयोग गर्न थालिएको छ । उद्योगबाट निस्किएको विषाक्त पानी प्रोशधन गरेर माछा पौडन सक्ने बन्ने भएकाले नै यो विधिलाई काठमाडौंको ढल प्रशोधन प्लान्टमा पनि प्रयोग गर्न खोजिएको छ ।





तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment