Comments Add Comment

अवैध रूपमा भारतै निकासी हुँदै गरेको १२० क्वीन्टल केराउ बरामद

३ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले केराउ बरामद गरेको छ । वीरगञ्जको अलौंबाट १२० क्वीन्टल केराउ बरामद भएको हो ।

भारततर्फ लैजादै गरेको अवस्थामा चालकसहित दुई ट्याक्टर केराउ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रेवती ढकालले जानकारी दिए । ‘५० किलोको १२० बोराका दरले दुईवटा ट्याक्टरमा २४० बोरा केराउ लोड गरेर भारततर्फ लैजाँदै गरेका रहेछन्,’ उनले भने, ‘ चोरी निकासीको आशंकामा नियन्त्रणमा लिएका हौं, कसको हो भन्ने खुलेको छैन, आवश्यक कारबाहीका लागि भन्सार बुझाउँछौं ।’

बरामद भएको केराउको मूल्य अन्दाजी ६ लाख भएको अनुमान गरिएको छ ।

प्रहरीले ना२त ७९१६ र २५८७ नम्बरको ट्याक्टरका चालकहरु पर्साको बहुदरमाई नगरापलिका ७ का २० वर्षीय रामविनय राम र पकाहामैनपुर गाउँपालिका वडा नं १ को ३५ वर्षीय राजेश महतोलाई समेत नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको केराउसहितको ट्याक्टर र चालकहरुलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तेस्रो मुलुकबाट सहुलियतमा आयात गरी भारततर्फ चोरी निकासी गर्न लागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तर, व्यापारीहरुले भने प्रहरीले बहुअरी चोकबाट ट्याक्टर नियन्त्रणमा लिएर अलौंतर्फ लगी अलौंबाट बरामद गरेको भनेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment