+

पहिलो टेष्टमा पाकिस्तानमाथि न्यूजिल्याण्डको रोमाञ्चक जित

२०७५ मंसिर  ३ गते १६:३४ २०७५ मंसिर ३ गते १६:३४
पहिलो टेष्टमा पाकिस्तानमाथि न्यूजिल्याण्डको रोमाञ्चक जित

३ मंसिर, काठमाडौं । अबुधावी टेष्टमा न्यूजिल्याण्डले पाकिस्तानमाथि ४ रनको रोमाञ्जक जित हात पारेको छ । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो पारीमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।

विना विकेटको क्षतिमा बनाएको ३७ रनबाट चौथो दिनको खेल थालेको पाकिस्तानले थप १३४ रन जोड्दा सबै विकेट गुमायो । पाकिस्तानका बाबर आजम पाँचौं विकेटका रुपमा रन आउट भए, जतिबेला टिमको स्कोर १४७ रन थियो । तर, आजाद पटेलले घातक बलिङ गरेपछि पाकिस्तान धराशायी भयो ।

अन्तिम विकेट बाँकी छँदा पाकिस्तानलाई १२ रन चाहिएको थियो । तर, पटेलले अजहर अलीलाई इलबीडब्लू धरापमा पार्दै न्यूजिल्याण्डलाई रोमाञ्चक जित दिलाए । पाकिस्तानमा अली ६५ रनमा आउट भए । पटेलले ५ विकेट लिए ।

न्यूजिल्याण्डले पहिलो पारीमा १५२ र दोस्रो पारीमा २४९ रन बनाएको थियो । पाकिस्तानले भने पहिलो पारीमा २२७ रन जोडेको थियो । जितसँगै तीन टेष्टको सिरिजमा न्यूजिल्याण्डले १-० को अग्रता लिएको छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय