४ मंसिर, काठमाडौं । रुपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौला घुससहित पक्राउ परेका छन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
उनले ठगी मुद्दा मिलाइदिने बाहनामा सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार टोली पुगेको थियो ।
आफ्नै कार्यालय परिसरबाट घुसवापतको रकमसहित उपन्यायाधिवक्ता निरौलालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4