+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वाइडबडी विमान खरिद प्रकरणः लेखा समितिमा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १५:५५

४ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणबारे प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल हुने भएको छ । समितको मंगलबार बसेको बैठकले निगमको वाइडबडी विमान खरिद प्रकरणबारे आगामी बैठकमा छलफल गर्ने निर्णय गरेको हो । समितिको बेठक आगामी ९ गते बस्दैछ ।

वाइडबडी विमान खरीद प्रकरणको विषयमा अनियमितता भएको हो कि भन्ने चासो उत्पन्न भएको भन्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले खरिद प्रकरणका विषयमा समितिमा छलफल हुनु पर्ने बताएका थिए ।

सांसद रिजालले उठाएको प्रश्न पछि सभापति भरतकुमार शाहले आजको बैठकको विषवस्तु अर्कै भएका कारण आगामी बैठकमा छलफल हुने जानकारी दिए ।

सभापति शाहले समितिको आगामी बैठकमा निगमका सम्बन्धित अधिकारीहरु समेत बोलाएर छलफल हुने जानकारी दिए । आज बसेको बैठकमा भने चिनिको मूल्यको विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?