४ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिबीच सम्झौता भएको छ ।
मंगलबार बीमा समितिमा आयोजित एक कार्यक्रमकाबीच यी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझादारी पत्रमा विभागका तर्फबाट महानिर्देशक जीवनप्रकाश सिटौला र बीमा समितिका तर्फबाट अध्यक्ष चिरञ्जीवि चापागाईंले हस्ताक्षर गरे ।
बीमा क्षेत्रमा हुने सम्पत्ति शुद्धीकरणलाई रोक्न सिंगल प्रिमियमका ठूला बीमा पोलिसीहरुको सुक्ष्म अध्ययन गर्न उक्त सम्झौता गरिएको विभागका महानिर्देशक सिटौलाले जानकारी दिए ।
समझदारी पश्चात नियमित र सहज रुपमा समन्वय तथा सहकार्यका लागि समन्वय समिति समेत गठन गरिएको छ ।
विभागका महानिर्देशकको संयोजकत्वमा ४ सदस्यीय समन्वय समिति समेत गठन गरिएको हो ।
समितिमा बीमा समितिका कार्यकारी निर्देशक, विभागका सम्पर्क अधिकृत र बीमा समितिका पनि सम्पर्क अधिकृत रहने बताइएको छ ।
प्रतिक्रिया 4