Comments Add Comment

नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने, नेपालको समूहमा कुन–कुन ?

४ मंसिर, काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिप फुटबलको आयोजना गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएअनुसार आगमी वर्षको मार्चमा हुने च्याम्पियनसिपको आयोजना नेपालले गर्ने भएको हो । साफ च्याम्पियनसिपको मिति पनि फेरबदल भएको छ ।

साउथ एसियन फुटबल फेडेरेसनले यसअघि यही वर्षको डिसेम्बर १७ देखि २६ तारिखसम्म आयोजना गर्ने निर्णय गरेको थियो । तर पुरुष र महिलाको एक–एक वर्षको अन्तरालमा प्रतियोगिता गर्ने अर्को निर्णय गरेपछि साफ महिला च्याम्पियनसिपको मिति सरेर २०१९ मार्च ११ तारिखदेखि २१ तारिखमा हुने भएको हो ।

यो पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप हो । यसअघि श्रीलंकाले आयोजना गर्ने दाबी गरेको थियो । तर, श्रीलंकाले आयोजना गर्नेबाट हात झिकेपछि नेपालले दाबी गरेको थियो । बुधबार साउथ एसियन फुटबल फेडेरेसनले नेपाललाई आयोजना गर्ने जिम्मा दिने निर्णय गरेको एन्फाले जनाएको छ ।

यसअघि नै सार्वजनिक भएको ड्र मा नेपाल समूह ए मा रेको छ । नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । त्यस्तै, समूह ‘ए’ भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment