Comments Add Comment

बालिका बलात्कार अारोपमा एकजना भारतबाट पक्राउ

४ मंसिर, चितवन । १२ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरी फरार रहेका एक युवकलाई चितवन प्रहरीले भारतबाट पक्राउ गरेको छ ।

भरतपुरका २७ वर्षीय राजन विकलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गणेश पौडेलको नेतृत्वमा खटिएको गरी खोजतलास तथा अनुसन्धान गर्ने क्रममा भारतको गुणगाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

मंसिर १ गते उनलाई पक्राउ गरी भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गा रेग्मीले जानकारी दिए ।

गत कात्तिक २४ गते साँझ भरतपुर महानगरपालिकाको पश्चिम चितवनमा विकले मोटरसाइकलमा राखी एकान्त ठाउँमा लगेर १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको भनी जाहेरी परेको थियो ।

चितवन जिल्ला अदालतबाट दिन ७ को म्याद गरी विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment