+
+
Shares

जेनिशा भन्छिन्–‘नेपाली फिल्म साइन गरेँ, २ महिनापछि काम गर्छु’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १४:०५

नायिका जेनिशा केसी अहिले नेपालमा छिन् । केही समयदेखि मुम्बइमा रहेकी जेनिशाले अब भने आफूले नेपाली चलचित्रमा काम गर्न लागेको बताएकी छिन् । नेपाल आएकी जेनिशाले भनिन्–‘हो, म नेपाली चलचित्रमा काम गर्दैछु । चलचित्र साइन गर्नका लागि नै म नेपाल आएकी थिएँ । ४ दिनपछि फर्किन्छु ।’

जेनिशाले आफूले काम गर्न लागेको चलचित्रको अहिले धमाधम कथामा काम भैरहेको सुनाइन् । तर, उनले चलचित्रको छायांकन २ महिनापछि मात्र सुरु हुने जानकारी दिइन् । नेपाल आएको समयमा केही स्थानमा घुमेको उनले सुनाइन् । जेनिशाले आफूले भारतमा टेलिसिरियलबाट अफर आएपनि नगरेको बताइन् ।

चलचित्रको लागि नयाँ नायक खोज्ने तयारी गरिएको पनि जेनिशाले बताइन् । उनले आफू अब नेपाली चलचित्रमा निरन्तर लाग्ने समेत खुलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?