+
+
Shares

सम्बन्धको कुराः कति लुकाउने ? कति खुलाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १७:४९

हाम्रो साथी छन् । आमाबुवा छन् । बालबच्चा छन् । श्रीमती छन् । श्रीमान् छन् । आफन्त छन् । इष्टमित्र छन् । सहकर्मी छन् ।

सबैसँगको घनिष्ठताले नै हामीलाई बाँच्न सहज बनाउने हो । विद्वानहरुले भन्ने गरेका छन्, ‘जति धेरै साथी बनाउँछौं, उत्तिनै तिमी खुसी हुन्छौं ।’ चिकित्सा विज्ञानले पनि यसमा ‘सही’ थापेको छ । भनिन्छ, ‘तनावबाट मुक्त हुने एउटा माध्याम भनेको मिलनसार साथीहरु बनाउनु पनि हो ।’

सम्बन्ध त साथीसँग मात्र होइन, श्रीमतीसँग । श्रीमानसँग । छोराछोरीसँग । दाजुभाई-दिदीवहिनीसँग । छिमेकीसँग । सबैसँग सुमधुर बनाउनुपर्छ । सम्बन्ध कसरी सुमधुर हुन्छ ? यसमा हाम्रा प्रवृत्ति र व्यवहार मूख्य हुन् । जति हामी मिलनसार हुन्छौं, जति नरम हुन्छौं, जति सहज हुन्छौं, जति सहयोगी हुन्छौ, जति सकारात्मक हुन्छौं, उत्तिनै हाम्रो सम्बन्ध झांगिने हो ।

सम्बन्धकै कुरामा आउँछ, पारदर्शिताको कुरा । कतिले भन्ने गर्छन् नि, ‘म त खुला किताब हुँ, जसले पनि पढ्न सक्छ ।’

जब हामी खुला हुन्छौं, स्पष्ट हुन्छौं, पारदर्शी हुन्छौं, अरु हामीप्रति आकषिर्त हुन्छ भनिन्छ । अर्कोतर्फ के पनि भनिन्छ भने, पुरुषार्थी हुनुको गुण रहस्यमयी हुनु पनि हो ।

रहस्यमयी हुने कि खुला किताब ?

श्रीमान्सँग होस् वा श्रीमतीसँग । आफन्तसँग होस् वा छोराछोरीसँग । कति पारदर्शी हुने ? कति खुल्ने ?

भलै यी कुरा हामीलाई सामान्य लाग्छ । अर्थात कोसँग कति खुल्ने, कति गोप्य रहने भन्ने कुराले खास मतलब राख्दैन भन्ने ठान्छौं । जबकी व्यवहारिक जीवनका लागि यी कुरा अत्यान्तै महत्वपूर्ण हुन् ।

कति खुल्ने ?

जीवनमा कैयौ पटक यस्तो स्थिती आँउछ कि जतिखेर हाम्रो मनमा सम्बन्धको मामिलामा हामीले कति पारदर्शिता अपनाउनु पर्छ भन्ने प्रश्न उठ्छ ।

जीवनमा केही कुराहरुमा सबैसँग खुलेर कुरा गर्न मिल्छ भने केही कुरा यस्ता हुन्छ त्यस विषयमा जोकोहीसँग खुलेर कुरा गर्नुहुँदेन वा गोप्य राख्नुपर्छ । आफ्नो जीवनमा कोसँग के कुरा गर्ने भन्ने बारेमा आफू प्रष्ट हुनुपर्छ ।

सम्बन्धलाई निभाउँदै जाँदा हामीलाई कुन खालको सम्बन्धमा र कति पारदर्शिता अपनाउनुपर्छ ?

वैवाहिक जीवन

श्रीमान् श्रीमतीको सम्बन्ध धेरै नाजुक हुन्छ यसैले दाम्पत्य जीवनमा जोडिना साथै आफ्नो सम्बन्ध प्रति सचेत हुन आवश्यक छ । विवाहपछि श्रीमान् श्रीमतीले एक नयाँ जिन्दगीको सुरुवात गर्छन् । यसैले वैवाहिक सम्बन्धमा सहजता र खुलापन हुन आवश्यक छ ।

जीवनसाथीसँग आफ्नो जीवनसँग जोडिएका हरेक कुरा मनैदेखि खुलेर सेयर गर्नुहोस् । वैवाहिक सम्बन्धमा एक अर्कासँग ढाँट छलले कुनै स्थान पाउनुहुँदैन किनभने यसले पति पत्नी बीच शंकाको पर्खाल खडा गरिदिन्छ ।

जीवनसाथी विवाह पछि तपाईंको जीन्दगीमा सहभागी हुन्छन् भन्ने कुराको ध्यान राख्नु जरुरी छ । यसैले आफ्नो अतितको बारे यस्ता कुराहरु नगर्नुहोस् जसले दम्पतीबीच शंका पैदा गरोस ।

जीवनसाथीसँग यस्ता कुराहरु सेयर गर्नु हुँदैन जसको कारणले सम्बन्धमा फाटो आउन सक्छ । आफ्नो पार्टनरलाई थोरै व्यक्तिगत स्पेस पनि दिनुहोस् । सानो सानो कुरालाई लिएर पति वा पत्नीसँग धेरै सोधपुछ नगर्नुहोस् ।

बच्चाहरुसँग कति खुल्ने ?

बच्चासँग आमाबुबाको सम्बन्ध धेरै सहज हुन्छ । फेरि पनि लालनपालनको क्रममा बच्चासँग कति पारदर्शिता अपनाउने भन्ने कुरा उनीहरुको उमेरमा निर्भर रहन्छ ।

यदि तपाईंको बच्चाको उमेर दश वर्ष भन्दा कम छ भने परिवारसँग जोडिएका समस्याहरुको बारेमा उनलाई बताउनुहुँदैन । उनीहरुको कोमल मनमा यस्ता कुराले नकरात्मक असर पर्छ ।

आफ्ना टिनएजर सन्तानसँग भने साथीको जस्तो सम्बन्ध बनाउने कोसिस गर्नुहोस् । यसो गर्नाले उनीहरु तपाईंसँग खुलेर आफ्नो समस्याहरु बताउन सक्छन् ।

किशोरावस्थापछि बच्चामा परिपक्व हुन्छन् र उनीहरुसँग तपाईंले आफ्नो दैनिक जीवनसँग जोडिएका समस्याहरुको बारेमा खुलेर कुरा गर्ने मात्रै होइन सल्लाह पनि लिन सक्नुहुन्छ ।

यदि तपाईंको दाम्पत्य जीवनमा कुनै समस्या छ भने त्यसलाई आँफै हल गर्ने कोसिस गर्नुहोस् बच्चाहरुको अगाडि त्यसलाई छरपस्ट नबनाउनुहोस् । परिपक्व भएपछि यस्ता मामिलाप्रति बच्चा धेरै नै संवेदनशिल हुन्छन् । उनीहरुलाई आमाबुबाको आपसी सम्बन्ध राम्रो छैन भन्ने थाहा पाउँदा दुःख लाग्छ ।

अन्य सम्बन्धमा अपनाउनुहोस् सजगता

विवाह पछि जब दाजुभाई वा दिदीबहिनीको आ-आफ्नोे घरसंसार बस्छ त्यसपछि सम्बन्धमा थोरै दुरी आउनु स्वभाविकै हो । हरेक परिवारको केही न केही गोप्य पारिवारिक कुराहरु हुन्छन् ।

यस्तोमा आफ्नो परिवारसँग जोडिएका हरेक सानो ठूलो कुरा आफ्नो दाजुभाई वा दिदीबहिनीलाई बताउनुपर्छ भन्ने हुँदैन ।

तपाईंले आमाबुबासँग आफ्नो मनको कुरा सेयर गर्नुहुन्छ तर, उनीहरुले तपाईंको कुरा अन्य नातेदारहरुलाई भन्न हुँदैन भन्ने बुझ्न जरुरी छ ।

वास्तवमा यदि तपाईंका आमाबुबा अन्य शहरमा रहन्छन् भने तपाईंले आफ्नो सामान्य ज्वरो वा आर्थिक समस्याको बारेमा भनेर उनीहरुलाई विनाकारण चिन्तित बनाउनु अनुचित हुन्छ ।

त्यस्तै महिलाहरुमाथि दुई परिवारको सम्बन्ध सम्हाल्ने ठूलो जिम्मेवारी हुन्छ । उनीहरुले सँधै आफ्नो कुनै कुराले दुवै परिवारको बीचमा कुनै झगडा नहोस् भन्ने ख्याल राख्नुपर्छ ।

महिलाले माइतीको हरेक कुरा घरमा सबैलाई भन्न हुँदैन त्यसैगरि यसैगरि घरको सबैकुरा वा पतिसँग हुने सबै सामान्य वादविवादको खबर माइतीलाई दिन पनि जरुरी छैन ।

ध्यान रहोस्, यो नियम केवल सामान्य स्थितीमा लागु हुन्छ । यदि घरेलु हिंसा जस्ता कुनै गम्भिर स्थिती भयो भने आमाबुबालाई यसको जानकारी अवश्य दिनुपर्छ

मित्रता नबनोस झगडाको बिउ

जब हामीले कसैसँग मित्रता गर्छौं त्यतिखेर सम्बन्धको अगाडि बढाउन अलिअलि खुलेर कुरा गर्नुपर्ने हुन्छ । केही हदसम्म यो कुरा ठिक पनि हो तर, धेरै खुल्नुभन्दा पछिले पहिले तपाईंले आफ्नो साथी कस्तो छ भनेर बुझ्न पर्छ ।

निजी जीवनसँग जोडिएका समस्याहरुमा केवल ती साथीहरुसँग मात्रै कुराकानी गर्नुहोस् जसमा तपाईंलाई भरोसा होस् तर उनीहरुलाई पनि आफ्नो बित्तिय मामिलासँग सम्बन्धित सबै कुराहरु नबताउनुहोस् ।

उनीहरुसँग तपाईं सिनेमा, सँस्कृति र साहित्यसँग जोडिएका हल्काफुल्का कुराहरु भने गर्न सक्नुहुन्छ । केही कुरा धेरै निजी हुन्छन् जसलाई कोहीसँग पनि सेयर गर्नु पर्दैन भन्ने कुरा नभुल्नुहोस् ।

साथीलाई खुसी बनाउन हामीले यी सम्बन्धलाई पनि थोरै व्यक्तिगत स्थान दिन आवश्यक हुन्छ ।

व्यावसायीक सम्बन्धमा पारदर्शिता

व्यावसायीक जीवनमा केही मामिला यस्ता हुन्छन् जसमा पारदर्शिता धेरै जरुरी छ । अझै कुनै नयाँ सहकर्मीहरुलाई अफिसको कार्यप्रणालीसँग जोडिएका नियमको जानकारी छैन भने यस मामिलामा तपाईंले उनीहरुलाई पुरा सहयोग गर्नु पर्छ ।

कार्यस्थलमा निजी जीवनसँग जोडिएका कुरा नगर्नुहोस् । यसै किसिमले घर गएपछि पार्टनर वा परिवारका अन्य सदस्यहरुसँग अफिससँग जोडिएका समस्याहरुको बारेमा धेरै चर्चा नगर्नुहोस् ।

व्यावसायीक जीवनमा पारदर्शितासँगै गोपनियता पनि धेरै आवश्यक छ । हरेक कार्यलयहरुमा नीतिहरुसँग सम्बन्धित केही गोपनिय जानकारी पनि हुन्छन् ।

कम्पनीको निर्देशन बमोजिम जुन कुरालाई कन्फिडेन्सियलको श्रेणीमा राखिएको छ त्यसको बारेमा सहकर्मी वा कुनै अन्य व्यक्तिसँग कुरा नगर्नुहोस् । कार्यालयको सम्बन्धमा सन्तुलन हुन धेरै जरुरी छ ।

नियम काइदाको मामिलामा जँहा पारदर्शिताको आवश्यकता हुन्छ त्यहाँ आफ्ना सहकर्मीहरुसँग खुलेर सूचना र जानकारीको आदान प्रदान गर्नुहोस् । यस विपरित गोपनिय कुराको गम्भिरतालाई बुझ्दै अन्य व्यक्तिको अगाडि त्यसमा चर्चा नगर्नुहोस् । सहकर्मीसँग तपाईंको व्यवहार शालीन र औपचारिक हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?