+
+
Shares

गृहमन्त्रीसामू पूर्वलडाकूद्वारा विष सेवनको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ४:०८

५ मंसिर, काठमाडौं । पूर्वलडाकूले गृहमन्त्री रामबहादुर थापा बादलसामुन्ने विष सेवनको प्रयास गरेका छन् ।

पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका हुन् । तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन गरेको आशंका गरिएको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?