Comments Add Comment

नेपालीको शिक्षालयलाई साढे ६ सय विद्यार्थी पढाउने अनुमति

सिड्नी । औपचारिक उद्घाटन भएको छ महिना नबित्दै सिड्नीमा नेपालीहरुले सञ्चालन गरेको एक शिक्षालयले साढे छ सय विद्यार्थी पढाउने अनुमति पाएको छ ।

बिहीबार दिउँसो अस्ट्रेलियाको शैक्षिक सिप तथा गुणस्तर प्राधिकरण (अस्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटी-अस्क्वा)ले सिड्नीको केन्द्रीय रेललाइन सेन्ट्रलसँगै जोडिएको किंग्सफोर्ड इन्टरनेसनल इन्सटिच्युटलाई ६ सय विद्यार्थी पढाउन अनुमति दिएको हो ।

इन्सटिच्युटको शैक्षिक व्यवस्थापन, भौतिक संरचना र पहिलो छ महिनाको अध्यापन प्रगति हेरेर उक्त अनुमति पाएको सञ्चालक भिम खरेलले अनलाइनखबरलाई बताए ।

यो शिक्षालयले यसअघि दुई सय विद्यार्थी अध्यापन गराउने अनुमति पाएको थियो । अनुमति प्राप्त विद्यार्थी संख्या पुगेपछि भर्ना स्थगित गरेको शिक्षालयले आगामी वर्ष २०१९ मा भने साढे ६ सय विद्यार्थीलाई पढाउन पाउने छ ।

अहिले यो शिक्षालयमा विश्वका विभिन्न देशका दुई सय विद्यार्थीहरुले १० विषय अध्ययन गर्छन् । हाल सूचना प्रविधि, परियोजना व्यवस्थापन, बजार सञ्चार, नेतृत्व तथा व्यवस्थापन, अंग्रेजी भाषा लगाएतका विषयमा अध्यापन हुन्छ । अनलाइन कक्षा पनि सञ्चालन भैरहेको छ ।

अत्याधुनिक भौतिक संरचना तथा विद्यार्थीको स्वास्थ्यलाई पनि ख्याल गरेर कक्षा कोठाहरु निर्माण गरिएको अर्का सञ्चालक राज खनालले बताए । मुख्य सहरको केन्द्रमा भएकाले यो शिक्षालयमा पढ्न आउन विद्यार्थीहरुलाई सुगम छ ।

नेपाली मूलका सूचना प्रविधि बिज्ञ भिम खरेल र सफल रेस्टुरेन्ट व्यवसायी राज खनाल लगाएत विभिन्न क्षेत्रमा सफल नेपाली व्यवसायीद्वारा सञ्चालित यो शिक्षालयमा अधिकांश नेपाली विद्यार्थीहरुले अध्ययन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment