Comments Add Comment

किन १३ घण्टासम्म अवरुद्ध भयो फेसबुक ?

सोसल साइट फेसबुक तथा कम्पनीका अरु दुई लोकप्रिय सर्भिस इन्स्टाग्राम तथा ह्वाट्सएप मंगलबार लामो समयसम्म अवरुद्ध रहे ।

आफ्नो इतिहासमा अहिलेसम्मकै लामो समयसम्म अवरुद्ध रहँदा विश्वभरका फेसबुक प्रयोगकर्ता विलखबन्दमा परे ।

आखिर फेसबुक र यसका अन्य सर्भिस किन यसरी अवरुद्ध भयो त ?

प्यासिफिक टाइम जोन अनुसार मंगलबार बिहान ४ः४० बजेदेखि प्रयोगकर्ताले फेसबुक डाउन भएको गुनासो गर्न थाले । त्यस समय विश्वका धेरै भागमा फेसबुक अवरुद्ध भएको थियो । युरोप, अमेरिका, एसिया तथा दक्षिण अमेरिकाका धेरै फेसबुक प्रयोगकर्ताले आफ्नो अकाउन्ट लगइन गर्नमा समस्या बेहोर्नु पर्यो लामो समयसम्म ।

झण्डै १३ घण्टापछि मात्र फेसबुकले समस्याको समाधान भएको घोषणा गर्यो । फेसबुक यतिधेरै समयसम्म डाउन भएको यो पहिलोपटक भएको बताइएको  छ ।

फेसबुकसँगै इन्स्टाग्राम प्रयोगकर्ताले पनि लगइन गर्न नसक्ने समस्या आइलाग्यो । तर इन्स्टाग्रामको यो समस्या छोटो समयसम्म मात्र कायम रह्यो ।

सर्भर कन्फिग्युरेसनका कारण विश्वभर नै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या पैदा भएको फेसबुकले विज्ञप्ती मार्फत जानकारी गरायो ।

स्मरण रहोस् गत नोभेम्बर १९ मा फेसबुक मेसेन्जर केही घण्टाका लागि अवरुद्ध भएको थियो ।

फेसबुकको मूल एप अवरुद्ध भएको यो पछिल्लो एक महिनामा दोश्रो पटक हो । नोभेम्बर १२ मा पनि फेसबुक ३० मिनेटसम्म अवरुद्ध भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment