+

सहजादको धुलाईः १६ बलमा हिर्काए ७४ रन

२०७५ मंसिर  ६ गते ११:१२ २०७५ मंसिर ६ गते ११:१२
सहजादको धुलाईः १६ बलमा हिर्काए ७४ रन

४ सयभन्दा बढिको स्ट्राइक रेटमा ब्याटिङ भिडियो गेममा मात्रै सम्भव हुन्छ भन्ने तपाईंलाई लाग्ला । तर, अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद सहजादले मैदानमै यो सम्भव बनाइदिएका छन् ।

यूएईमा हिजो शुरु भएको टि-१० लिगको दोस्रो संकरणमा पहिलो दिनमै सहजादले विपक्षी बलरहरुको अविश्वसनीय धुलाई गरे । उनले १६ बलमा अविजित ७४ रन बनाए जसमा ८ छक्का र ६ चौका सामेल थिए । उनले दुईवटा बलमा मात्रै बाउन्ड्री लगाउन सकेनन् । उनको हिर्काइ यति चर्को थियो कि बलरहरु रुन मात्रै सकेनन् ।

राजपुत टिमबाट खेलिरहेका सहजादले सिन्धिजविरुद्धको म्याचमा यसरी आक्रमण गरेका हुन् । सो म्याचमा पहिलो ब्याटिङ गर्दै सिन्धिजले ६ विकेट क्षतिमा ९४ रनको स्कोर खडा गरेको थियो । सेन वाट्सनले २० बलमा ४२ रन बनाउनु बाहेक अन्यले खासै योगदान दिन सकेनन् ।

९५ रनको लक्ष्य पछ्याउन राजपुतलाई ४ ओभर अर्थात् १६ बल मात्र लाग्यो । इनिङको तेस्रो बलबाट आक्रमण सुरु गरेका सहजाद त्यसपछि रोकिएनन् । उनले श्रीलंकाका बलर थिसरा परेराको एक ओभरमै ३० रन हानेका थिए । १२ बलमा उनको अर्धशतक पुरा भएको थियो ।

सहजादलाई ब्रान्डेन म्याकुलमले ८ बलमा २१ रन हिर्काएर साथ दिए । उनले दुई छक्का र एक चौका हिर्काएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय