Comments Add Comment

करिना भन्छिन्–‘म साराको आमा हुन सक्दिनँ’

नायिका करिना कपुर सैफ अली खानको जीवनमा भित्रिएपछि धेरैले उनको आलोचना पनि गरे । कलाकार अमृता सिंहसँग डिभोर्स गरेपछि सैफले करिनासँग बिहे गरेका थिए । अमृतासँग करिनाको सम्बन्ध कस्तो होला भन्ने चर्चा चलिरहेको समयमा करिनाले यस बिषयमा मुख खोलेकी छिन् । उनले अमृतासँग आफ्नो नराम्रो सम्बन्ध नरहेको खुलाइन् ।

करिनाले अगाडि भनिन्–‘मैले सधै नै सैफलाई भन्ने गरेकी छु, सारा र इव्राहिमको म साथी मात्र बन्न सक्छु । म कहिले पनि उनीहरुको आमा बन्न सक्दिनँ । किनकी, उनीहरुको निकै नै राम्री आमा पहिले नै छिन् ।’

करिनाले सारा र इब्राहिमले आफ्नो कुनै पनि सल्लाहा चाहेको खण्डमा आफू सधै नै तयार हुने समेत खुलाइन् । करिनाले साराको प्रशंसा समेत गरिन् । उनले भनिन्–‘सारामा यस्तो गुण छ जुन निकै कममा मात्र हुन्छ । उनीसँग सुन्दरता र दिमाग दुबै छ । यो बलिउडमा धेरै लामो समयपछि मात्र भएको हो । उनले कुनै पनि मानिससँगको कुराकानीलाई सजिलै सम्हाल्न सक्छिन् ।’

साराको चलचित्र करिअर निकै नै सुन्दर भएको करिनाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment