Comments Add Comment

वैदेशिक रोजगार विभागबाट ३ विचौलिया पक्राउ

६ मंसिर, काठमाडौं । श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख दिने तीनजना विचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-१३ ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबा बिहीबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाचकोटी, धादिङ जीवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षे निर्मल लामाङ रहेका छन् ।

श्रमस्वीकृतिका लागि आउने सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो आएपछि महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले विचौलीयालाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment