+
+
Shares

पाकिस्तानस्थित चिनियाँ दूतावासमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते ११:५९

७ मंसिर, काठमाडौं । पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ ।

घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार शुक्रबार ९ः३० बजे बाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र रहेका सुरक्षाकर्मीले जवाफ कारबाही गरेका छन् ।

चार जना आक्रमणकारी दूताबासमा प्रवेश गर्न खोजेको तर, चेक प्वाइन्टमै सुरक्षाकर्मीले रोकेको बताइएको छ । उनीहरु मध्ये तीन जना मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?