Comments Add Comment

वडाध्यक्षमाथि बलात्कारको बात, पीडितले दिइन् प्रहरीमा उजुरी

७ मंसिर, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ ।

सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएकी हुन् ।

उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानूनअनुसार अनुसन्धान गरिने बताए । उनका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ ।

ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा समेत जाहेरी दिएकी थिइन् । तर न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीमा पठाएको थियो ।

वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाउन खोजिएको भन्दै आरोप अस्वीकार गरेका छन् । उनले आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment