Comments Add Comment

मेलबर्नमा नयाँ विद्यार्थीलाई बीएमडब्लुले नि:शुल्क बारिस्टा तालिम दिने

मेलबर्न / मेलबर्नमा रहेको बीएमडब्लु एजुकेशनल कन्सल्टेन्सीले नयाँ आउने विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गर्ने भएको छ ।

यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्ने कन्सल्टेन्सी ले जानकारी दिएको छ।

तालिम मध्यान्ह १२ बजेदेखि २ बजेसम्म बेल स्ट्रिट क्यान्टीन ( 399 Bell street Pascoe Vale South 3044) मा हुनेछ । तालिम लिन इच्छुक विद्यार्थीले बीएमडब्लु एजुकेशनल कन्सल्टेन्सीको कार्यालय (Suite 218, 530 Little Collins Street, Melbourne) मा विहान साढे ९ बजेदेखि साँझ साढे ८ बजेसम्म कुनैपनि दिन नाम दर्ता गर्न सकिनेछ ।

तालिम दुई सेसनमा हुनेछ । पहिलो सेसन कफी बनाउन र ग्राहकसँग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्याबश्यक जानकारीमूलक कुराहरु (जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालीन अवस्था)का बारेमा केन्द्रित हुनेछ ।

बीएमडब्लु मेलबर्नका निर्देशक बिष्णु सापकोटाले आफू सुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यो नि:शुल्क तालिमको ब्यबस्था गर्न लागेको बताए ।

यसअघि अायोजना गरिएको तालिमका केही तस्वीरहरू ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment