Comments Add Comment

सुकुम्बासी टोलमा ‘ग्याङ फाइट’, एकको मृत्यु

८ मंसिर, काठमाडौं । नयाँ बानेश्वरको सुकुम्वासी टोलमा दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाइटमा छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका विक्की मगरको उपचारको क्रममा नयाँ बानेश्वरको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एउटै समूहका युवाहरुबीच झगडा हुँदा छुरा हानाहान भएको पाइएको छ । झडपमा अनिल श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको अभियोगमा मनिष बानियाँ र महेश परियारलाई अपराध अनुसन्धान महाशाखाका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले टोखाबाट पक्राउ गरेको छ । बानियाँ लागूऔषध र ज्यान मार्ने उद्योगमा २ वर्ष जेल बसेर छुटेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment