Comments Add Comment

बच्चालाई किन पटक-पटक तिर्खा लाग्छ ? कारण गंभिर हुनसक्छ

तिर्खा लाग्नु सामान्य प्रक्रिया हो । तर, अस्वभाविक रुपमा तिर्खा लागिरहन्छ भने त्यसले शरीरमा केही गडबड छ भन्ने जनाउ दिन्छ । खासगरी बालबालिकाको सन्दर्भमा ।

हामी अक्सर आफ्नो स्वास्थ्यप्रति सचेत नै हुन्छौं । तर, बालबालिकाको यी सामान्य परिवर्तनलाई खास वास्ता गरिदैन । किनभने बालबालिकाको अवस्था र प्रवृत्ति पनि सधै स्थिर रहँदैन । कहिले उनीहरु चाडै भोकाएको कुरा गर्छन्, कहिले तिर्खाएको । कहिले उनीहरुलाई खान रुची नै हुन्न । फेरी कहिले क्षण-क्षणमै खानेकुरा मागिरहेका हुन्छन् ।

यदी बच्चाले बारम्बार तिर्खा लागेको कुरा बताउँछ भने त्यसलाई सामान्य रुपमा लिनु भुल हुनेछ । किनभने यसले उनीहरुमा केही गडबड छ भन्ने संकेत दिन्छ ।

यदि तपाइको बच्चालाई निकै प्यास लाग्छ, छिटो-छिट भोक लाग्छ, पिसाव फेर्न बाथरुम गइरहनुपर्छ भने, बुझौं केही समस्या छ ।

खासगरी मधुमेहको समस्यले पनि बच्चामा यस्तो लक्षण देखिन्छ । यस्तो अवस्थामा अभिभावकले सचेतता अपनाउन अति जरुरी हुन्छ । किनकी यसकै कारण बच्चाको आँखाको ज्वति नै गुम्ने सम्भावना हुन्छ । यस्तो समस्याले मिर्गौलामा पनि खराव असर पर्न जान्छ । मधुमेह ग्रसित बच्चाले पानीको साथै, जुस, कोल्डडि्रङ्स जस्ता पदार्थको अत्याधिक इच्छा राख्ने गर्छ । यस्तो अवस्थामा बच्चालाई डाक्टरकहाँ जचाउन पर्छ ।

पटक पटक बाथरुम जानु पनि खतरनाक

मधुमेहको सबैभन्दा सामान्य लक्षण भनेको पटक-पटक बाथरुम जानु  हो । मधुमेह भएका बच्चालाई अत्याधिक पिसाव लाग्ने समस्या हुन्छ । बच्चामा पनि यस्तो लक्षण देखिएमा सावधान हुनुपर्छ । यो मधुमेहको शुरुवाती लक्षण हो ।

बढी भोक तर कम तौल

मधुमेहबाट पीडित बच्चालाई अत्याधिक भोक लाग्ने गर्छ । उनीहरुले खाइरहन मन गर्छन् । तर, पनि शरिरमा उर्जाको कमी हुन जान्छ । उर्जा कम भएको कारण पनि उनीहरुलााई खाइरहनुपर्छ । तर, जति खाए पनि उनीहरुको तौलन नबढेर घट्ने गर्छ ।

मधुमेहबाट पीडित बच्चामा इन्सुलिनको मात्रा घटेर जाने गर्छ । जसको कारण शरिरमा उर्जाको कमी हुन जान्छ । जसले गर्दा उनीहरु थकित हुन्छन् । अरु स्वस्थकर बच्चाको तुलनमा सुस्त पनि हुने गर्छन् । बच्चामा यस्तो लक्षण देखिए डाक्टरकहाँ जानुको विकल्प हुँदैन ।

यसकारण हुन्छ बच्चालाई मधुमेह

बच्चालाई मधुमेह हुने थुप्रै कारण छन् । जंक फुड, मोटोपना, शारीरिक व्यायामको कमी, बढ्दो तनावको कारणले यस्तो समस्या हुन्छ । लामो समयसम्म मोवाइलमा व्यस्त हुने बच्चालाई पनि मधुमेह हुन सक्छ ।

यस्तो समस्याबाट बच्नको लागि बच्चालाई सन्तुलन मिलाएर पौष्टिक भोजन खुवाउन जरुरी हुन्छ । रिफाइन कार्वोहाइड्रेट र चिनीको कमभन्दा कम सेवन गर्नुपर्छ । पाउरोटी, चकलेट, सोडा र अन्य परिस्किृत खाद्य पदार्थको सेवन गराउनु हुँदैन । यसले बच्चालाईर् टाईप-२ मधुमेह बढाउने काम गर्छ ।

बच्चालाई मधुमेहको समस्याबाट बचाउनका लागि नियमित व्ययामको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसको लागि बच्चामा व्यायामको रुची जगाउन पनि आवश्यक हुन्छ । मोवाइलबाट सकेसम्म टाढा राख्नुपर्छ । बरु आउटडोर गेममा प्रोत्साहित गर्नुपर्छ ।

मधुमेहको प्रकार

मधुमेह दुई प्रकारको हुन्छ । त्यसमध्येको एक हो टाइप वान मधुमेह  । यसलाई डाइविटिज इन्सिविड्स पनि भन्ने गरिन्छ । यस मधुमह भएमा एन्टी डाययुरिटिक हर्मोन -एपडिएच)को कम भएर जाने गर्छ । जसले शरिरमा इन्सुलिनको निर्माण गर्नमा बन्द गर्छ ।

त्यस्तै, यसको अर्को प्रकार टाईप-२ मधुमेहलाई मेल्टीटस पनि भनिन्छ । यस्तो प्रकारका मधुमेह हुँदा शरिरमा आवश्यकभन्दा कम इन्सुलिन बन्छ । तर, शरिरले भने शरिरमा भएको कम इन्सुलिनको पहिचान गर्न सक्दैन । जसले गर्दा उक्त इन्सुलिनको उपयोउग पनि हुन पाउँदैन । यसलालाई इन्सुलिनको प्रतिरोधकता भन्ने पनि गरिन्छ ।

इन्सुलिनको भूमिका

जव हामी केही खान्छौँ तव शरीरद्वारा विभिन्न प्रक्रिया गरि त्यसलाई कार्वनिक पदार्थमा रुपान्तरण गर्छ । र, यही प्रक्रियामा ग्लुकोज अर्थात चिनीको पनि निर्मण हुन्छ । शरिरको कोशिकाले ग्लुकोजको उपयोग गरि शत्ति, बृद्धि विकास र अन्य क्रियाकलापको लागि लगाउने गर्छ । यस्तो ग्लुकोज रक्तनलीमा बहने गर्छ । र, एक एक कोषिकासम्म पुग्छ ।

कोषिकासम्म ग्लुकुज पुग्नको लागि फेरि इन्सुलिन हर्मोनको आवश्यकता हुन्छ । यसकै कारण रगतमा ग्लुकोज पुग्ने गर्छ । फेनेस्ट्राले स्वत इन्सुलिन निश्चित मात्रा निर्माण गर्छ । ताकी कोशिकामा ग्लुकोजको आवशोषित गर्न मदत पुगोस् । तर, इन्सुलिन नहुँदा कोषिकाले रगतको उपस्थितिमा पनि चिनीको शेाषण गर्न पाउँदैन । जसले गर्दा डाइविटिजको विरामी कमजोर भएर जाने गर्छन् । यस्ता मानिसलाई छोटो समयमा थकाई लाग्ने पन सिमसइा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment