+

संकटालाई विजयी यात्रा कायम राख्ने चुनौती

२०७५ मंसिर  ९ गते १७:२९ २०७५ मंसिर ९ गते १७:२९
संकटालाई विजयी यात्रा कायम राख्ने चुनौती

९ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध उत्रँदा संकटालाई विजयी यात्रा कायम राख्ने चुनौती हुनेछ

तेस्रो राउण्डका खेलहरु समाप्त हँुदासम्म मनाङ मस्र्याङ्दीसँगं संकटाले मात्र शतप्रतिशत जित निकालेको छ । ९ अंक जोडेको मनाङ शीर्ष स्थानमा छ भने समान अंक जोडेको संकटा दोस्रो स्थानमा छ । आर्मी ७ अंकसहित चौथो स्थानमा छ ।

आर्मी र संकटाको खेल विहान ११ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने बताए । आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा न्यौपानेले भने, ‘सबै खेल महत्वपूर्ण छ । संकटाविरुद्ध हामी राम्रो खेल्दै जित हात पार्ने रणनीतिमा छौं ।’

अघिल्लो खेलमा पुलिसमाथि १–० को संघर्षपूर्ण जित हात पार्ने क्रममा आफ्नो टिमको फिनिसिङमा समस्या देखिएको भन्दै उनले त्यसलाई पनि सुधार गर्ने बताए ।

संकटाका प्रशिक्षक सल्यान खड्की लगातार जित हात पारेको कारण खेलाडीमा उच्च मनोबल रहेको बताए । ‘आर्मी निकै राम्रो टिम हो, उसको फिटनेस सबैभन्दा राम्रो छ । भोलिको खेल लगभग ५०–५० रहनेछ’ उनले भनेका छन् ।

थ्रीस्टार भर्सेस् एनआरटी

सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार दिउँसो २ बजेर ३० मिनेटमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ ।

तुलनात्मक रुपमा बलियो मानिएको थ्रीस्टारले एनआरटीविरुद्ध कस्तो प्रदर्शन गर्ला ? सहायक प्रशिक्षक अशोक राईले भने, ‘एनआरटीलाई कमजोर टिम भनेर भन्दैनौं । लिगमा सबै टिम उस्तै छन् । हामी जित्न नै खेल्ने छौं ।’

एनआरटीका प्रशिक्षक महेश्वर मुल्मी भने थ्रीस्टारलाई रोक्दै अंक खोस्ने योजनाका साथ खेल्ने बताए । उनले भने ‘ म्याच एक्सपोजर नभएर सोचेअनुरुपको नतिजा हात लागेको छैन । तर, तयारी राम्रै छ, हाम्रो लक्ष्य भनेको बराबरी हो ।’

पुलिस भर्सेस च्यासल युथ क्लब

हलचोकस्थित एपीएफको खेलमैदानमा सोमबार २ बजेर ३० मिनेटमा नै विभागीय टिम नेपाल पुलिस क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबै टिमले एक खेलमा जितेका छन् भने एक एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेका छन् । च्यासल लिगको छैटौं स्थानमा छ भने पुलिस सातौं स्थानमा छ ।

पुलिसका मुख्य प्रशिक्षक अनन्त थापाले च्यासल टिम राम्रो भएपनि जित्ने रणनीति रहेको बताएका छन् । उनले भने, ‘च्यासल राम्रो टिम हो, राम्रा खेलाडी भित्र्याएको छ । तर हामी कमजोर छैनौं । स्पष्ट जितको खोजीमा हुने छौं’ उनले भने ।

ए डिभिजन लिग नेपाल आर्मी संकटा क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय