Comments Add Comment

परम्परागत ढंगले धान फलाएर आर्थिक वृद्धि हुदैन : प्रधानमन्त्री ओली

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिलगर्न धेरै समय नलाग्ने बताएका छन् ।

उद्योग–वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको प्रथम बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गर्ने र त्यसलाई कार्यन्वयन गरेर दुई अंकको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने दावी गरेका हुन् ।

‘परम्परागत ढंगले धान फलाएर,गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुदैन ” प्रधानमन्त्रीले भने ‘खनिज पदार्थको उत्खनन र कृषिको आधुनिकीकरण मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले दुई तिहाई वहुमतसहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमा शंका नगर्न पनि आग्रह गरे । ‘बहुमतले मात्र देशको विकास हुदैन’ प्रधानमन्त्री ओलीले भने ‘विगतमा पनि वहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजनासहितको दुई तिहाईको सरकार भएकोले देश बन्छ ।’

देश निर्माणको प्रमुख आधार सुशासन हो भन्दै प्रधानमन्त्री ओलीले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अप्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको पनि धारणा राखे । ‘सरकार र निजी क्षेत्रका चाहनाहरु कहिलेकाहीँ नमिल्न सक्छन्’ उनले भने ‘तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमार्जन गर्न तयार छ ।’

यो पनि पढ्नुहोस विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छ : प्रधानमन्त्री ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment