+
+

प्रदेशसभा ३ को हिउँदे अधिवेशन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १० गते १८:४७

१० मंसिर, हेटौंडा । प्रदेशसभा ३ को हिउँदे अधिवेशन सोमबार सुरु भएको छ । सोमबार पहिलो दिन १५ मिनेट बसेर बैठक स्थगित गरिएको छ ।

सोमबार बसेको बैठकमा ५ वटा विधेयक विषयगत समितिको प्रतिवेदनसहित सभामा प्रस्तुत भएका छन् । प्रदेशसभा भवन हेटौडामा सोमबार बसेको बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेश संस्था दर्ता सम्बन्धी विधेयक र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन सम्बन्धी विधेयक प्रतिवेदनसहित प्रस्तुत गरेका थिए ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले प्रदेश खेलकुद विकाससम्बन्धी विधेयक र प्रदेश प्राविधिक शिक्षा परिषद सम्बन्धी विधेयक प्रतिवेदनसहित प्रस्तुत गरे भने अर्थ तथा विकास समिति सभापति सरेश नेपालले प्रदेश कार्य सञ्चालन कोष सम्बन्धी विधेयक प्रतिवेदनसहित प्रस्तुत गरेका छन् ।

बैठक मंगलबार दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?