+
+
Shares

सुजाताको सक्रियता : मण्डिखाटारमा लञ्च मिटिङ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १४:५३

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गुटगट छलफलले तीव्रता दिएकी छन् ।

केही समय अगाडि शीर्ष नेताहरुको बैठक आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् । लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए ।

अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि मंगलबारको छलफलमा सहभागी थिए । अर्जुननरसिंह केसी र रामशरण महतका साथै गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरु सहभागी भएका छन् ।

एक सहभागीका अनुसार कोइरालाले सुरुमा नै आफूले कुनै पदीय लोभका लागि छलफल नराखेको स्पष्टीकरण दिएकी थिइन् । पार्टीको औपचारिक बैठकसँगै अनौपचारिक सम्वादलाई तीव्रता दिनु पर्नेमा उनले जोड दिएकी छन् ।

नेताहरुले विधान र राजनीतिक प्रतिवेदनबारे छलफल गरेर साझा धारणा बनाउनु पर्ने बताएका छन् । ‘महासमिति बैठक त हुन्छ तर, बैठकबाट पार्टीले कुन बाटो तय गर्छ भन्ने मुख्य हो भन्नेमा सबैको जोड थियो’ एक सहभागीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?