+
+

सुकी र कम्बोडियाका प्रधानमन्त्री एकै दिन नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १७:३९

११ मंसिर, काठमाडौं । म्यान्मारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन एकै दिन काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा दुबै जना बिहीबार नेपाल आउन लागेका हुन् ।

दुई दिने सद्भावना भ्रमणका लागि आउन लागेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपछि सुकी र सेन शुक्रबार नै आआफ्ना देश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?