Comments Add Comment

गर्भावस्थामा मधुमेहको खतरा

गर्भावस्था आफैमा एक संवेदनसिल हुन्छ । यसबेला गर्भवती अनेकन शारीरिक परिवर्तनबाट गुज्रनुपर्छ । साथसाथै मानसिक तनाव, थकान आदि पनि हुनेगर्छ ।

गर्भावस्थामा कतिलाई कब्जियतको समस्या हुन्छ, मधुमेहको समस्या हुन्छ, उच्च रक्तचापको समस्या हुन्छ । यावत् समस्याले गर्भावस्थामा कस्तो असर पुर्‍याउँछ ? त्यसबारे जानकारी लिनुपर्छ ।

गर्भावस्थामा धेरेले झेल्ने समस्या भनेको मधुमेह हो । यसलाई अंग्रेजीमा ‘जेस्टशनल डायविटिज’ पनि भनिन्छ ।

 के हो ?

गर्भावस्थामा हुने मधुमेह एक विशेष परिस्थिति हो । यस अवस्थामा गर्भवती महिलाको रगतमा चिनीको स्तर उच्च हुने गर्छ । पहिला मधुमेहको समस्या नभएका महिला पनि गर्भावस्थामा मधुमेहको समस्याबाट ग्रसित हुने गर्छन् ।

यसो हुनुको मुख्य कारण भनेकै गर्भावस्थामा शरीरमा इन्सुलिन नामक हर्मोन पैदा नहुनु हो ।र, गर्भावस्थामा शरीरमा इन्सुलिनको मात्रा कम भएमा जेस्टेशनल डायविटिज (गर्भावस्थाको मधुमेह) को सम्भावना उच्च हुन्छ ।

किन हुन्छ ?

शरीरमा पर्याप्त मात्रामा इन्सुलिनको उतपादन नभएमा मधुमेह हुने गर्छ । इन्सुलिन शरीरमा उत्पादन हुने एक प्रकारको हर्मोन हो , जुन शरीरमा उर्जा वा ग्लूकोजको रुपमा बदलिने गर्छ । गर्भावस्थाका क्रममा विभिन्न हर्मोनमा वृद्धि हुन्छ, जसले गर्दा शरीरमा कयौ परिवर्तन आउने गर्छ ।

यही हर्मोन बढ्नाले नै शरीरमा व्लड शुगरको मात्रा समेत विग्रने गर्छ । र, यो स्थितिलाई नै इन्सुलिन प्रतिरोधक भन्ने गरिन्छ । शरीरमा इन्सुलिनको प्रतिरोधकका कारण इन्सुलिनको आवश्यकता बढ्ने गर्छ ।

केही महिलाहरुलाई गर्भावस्थाको अन्तिम महिनामा इन्सुलिन प्रतिरोधकको सामना गर्नुपर्छ । कसैलाई गर्भावस्था हुनु पहिले नै यो समस्या सुरु हुने गर्छ । विशेषगरी, जुन महिलालाई गर्भास्थाका क्रममा ज्यादा इन्सुलिनको आवश्यकता पर्छ, त्यस्ता महिलालाई नै गर्भावस्थाका क्रममा मधुमेह हुने सम्भावना धेरै हुन्छ ।

कसरी थाहा पाउने ?

गर्भावस्थामा कुनै गर्भवती महिलालाई मधुमेह भएमा यस्ता लक्षण देखिने गर्छ ।

-छिटो थाक्ने

-बारम्बार प्यास लाग्ने

-पिसाब छिटो छिटो हुने

-वाकवाकी लाग्ने

-आँखा धमिलो हुने

-मुत्राशयको संक्रमण

कसरी जाँच्ने ?

चिकित्सकका अनुसार गर्भावस्थाको २४ देखि २८ हप्ताको बीचमा मधुमेहको जाँच गर्नुपर्छ । यसलाई पुष्टि गर्नका लागि ओरल ग्लूकोज परीक्षण गरिन्छ । यो परीक्षणमा शरीरको कोशिकाले ग्लूकोज कति मात्रामा अवशोषित गर्छ भनेर हेरिन्छ ।

यस परीक्षणका लागि गर्भवती महिलालाई सुरुमा एक लिटर पानीमा ७५ ग्राम चिनी खुवाइन्छ । र, अलग अलग समयमा चार पटक गरी गर्भवती महिलाको रगतको नमुना संकलन गरिन्छ । यो परीक्षण  गर्नु करिब दश घण्टा पहिले केही खानु हुँदैन ।

रगतमा चिनीको स्तर  खाली पेटमा ९५ एमजी प्रति डेसीलिटर भन्दा बढी, एक घण्टा पछि रगतमा चिनीको स्तर १८० एमजी प्रति डेसीलिटर भन्दा बढी, तथा तीन घण्टा पछि रगतमा चिनीको स्तर १४० एमजी प्रति डेसीलिटर भन्दा बढी भएको पाइएमा गर्भावस्थामा मधुमेहको जोखिम उच्च हुने गर्छ ।

कसलाई  जोखिम ?

कुनै पनि महिलालाई गर्भावस्थामा मधुमेह हुनसक्छ । त्यसमा पनि विशेषगरी, २५ वर्ष भन्दा बढी उमेरका महिला, परिवारमा कसैलाई मधुमेह भएमा, पहिले पनि गर्भावस्थामा मधुमेह देखिएमा वा गर्भावस्थामा अत्याधिक वजन बढेमा पनि त्यस्ता महिलालाई गर्भावस्थामा मधुमेह हुने जोखिम उच्च हुन्छ ।

के छ उपचार ?

गर्भावस्थामा मधुमेह भएमा तुरुन्तै उपचार गर्नु पर्छ । किनकी ढिलो उपचार गरेमा शिशुमा नकारात्मक प्रभाव पर्न सक्छ । यसको लागि जीवनशैली सधार्नुका साथै खानपानमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै, नियमित इन्सुलिन लिएर पनि गर्भावस्थामा हुने मधुमेहको प्रभावकारी उपचार गर्न सकिन्छ ।

थोरै सावधानी अपनाएर पनि गर्भावस्थामा हुने मधुमेहको समस्यालाई सजिलै नियन्त्रण गर्न सकिन्छ । यसको लागि रक्त परीक्षण जरुरी छ । रगतमा चिनीको मात्राको परीक्षण गरेर पनि यसलाई नियन्त्रित गर्न सकिन्छ ।

त्यस्तै, गर्भावस्था पश्चात्त शिशुलाई मधुमेह नहोस् भन्नका लागि शिशुको रगतको परीक्षण गराएर पनि यसलाई नियन्त्रित गर्न सकिन्छ । यसबाहेक, नियमित औषधीको सेवन गरेर पनि यो समस्यालाई नियन्त्रित गर्न सकिन्छ ।

गर्भावस्था आफैमा संवेदनशील अवस्था हो । त्यसैले, गर्भावस्थामा विशेष सावधानी अपनाएर गर्भावस्थामा हुने जेस्टेशनल डायविटिजको समस्यालाई रोक्न सकिन्छ ।

यसको लागि स्वस्थ खानपान जरुरी छ । विशेषगरी,  गर्भावस्थामा हुने जेस्टेशनल डायविटिजबाट बच्न फाइबर तथा फ्याट रहित खाना खानुपर्छ । यसबाहेक, तारेको तथा भुटेको खाना कम सेवन गरेर पनि यो गर्भावस्थामा हुने मधुमेहलाई रोकथाम गर्न सकिन्छ ।

गर्भावस्थामा गरिने विशेष किसिमको व्यायाम गरेर, तथा घरवरिपरि करिब आधा घण्टा नियमित डुलेर पनि यो रोगको रोकथाम गर्न सकिन्छ ।

त्यसबाहेक, गर्भ धारण गर्नु पूर्व  वजनलाई नियन्त्रण गरेर पनि यो समस्याको रोकथाम गर्न सकिन्छ । यसका बाबजुद पनि मधुमेहको लक्षण देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment