News Summary
Generated by OK AI. Editorially reviewed.- डा.रञ्जना यादवले उच्च जोखिम गर्भावस्थामा आमा र शिशुको स्वास्थ्यको लागि विशेष ध्यान दिनु आवश्यक रहेको बताइन्।
- उहाँले हर्बल पेय, नियमित खानपान, ध्यान जस्ता उपायले रोग प्रतिरोधक क्षमता बढाउने सुझाव दिनुभयो।
- उच्च जोखिम गर्भावस्थाका कारणहरू र सावधानीका उपायहरू स्पष्ट रूपमा उल्लेख गरिएका छन्।
जब गर्भावस्था उच्च जोखिमको श्रेणीमा पर्छ, तब आमा र शिशु दुवैको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । उच्च जोखिम गर्भावस्थामा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु अत्यन्त जरूरी हुन्छ । जसले, गर्दा आमालाई सङ्क्रमण वा अन्य समस्याहरू नहोस् र शिशुको विकास पनि राम्रोसँग होस् ।
यो अवधिमा खानपान मात्र नभई दैनिक दिनचर्या, मानसिक स्वास्थ्य र चिकित्सकको सल्लाहलाई पालना गर्नु वा नगर्नुले पनि रोग प्रतिरोधी क्षमतालाई प्रभाव पार्छ ।
फलफूल र सागसब्जी खाएर मात्र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ भन्ने पनि कतिपयलाई लाग्न सक्छ । तर उच्च जोखिम गर्भावस्थामा यो मात्र पर्याप्त हुँदैन ।
अन्य कुरामा पनि विशेष ध्यान दिनुपर्छ जस्तै, शरीरमा पानीको कमी हुनबाट जोगाउने । कुनै पनि प्रकारको सङ्क्रमणबाट टाढा रहने । नियमित रूपमा आफ्नो स्वास्थ्य सम्बन्धी मापदण्डहरूको निगरानी गर्नुपर्छ ।
हर्बल पेय पदार्थको सेवन गर्ने
उच्च जोखिम गर्भावस्थामा क्याफिनयुक्त चिया वा कफीको सट्टा बेसार-दूध, तुलसी–पानी वा अदुवा–सौंफको पानी पिउन सकिन्छ । यी पेय पदार्थले शरीरलाई एन्टिब्याक्टेरियल र एन्टिभाइरल सुरक्षा प्रदान गर्छन् र पाचन प्रणालीलाई पनि स्वस्थ राख्छन् । यी हर्बल पेयले शरीर सुन्निने ‘इन्फ्लामेसन’ कम गर्न पनि मद्दत गर्छ ।
प्रत्येक २-३ घण्टामा थोरै-थोरै खाना खाने
यो अवस्थामा लामो समयसम्म भोकै बस्नु हुँदैन । प्रत्येक २–३ घण्टामा थोरै–थोरै खाना जस्तै-: ड्राई फ्रूट्स, टुसा उम्रिएका गेडागुडी वा फलफूल खानाले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता कायम राख्छ । यसले थकान महसुस हुँदैन र रगतमा चिनीको स्तर पनि सन्तुलित रहन्छ ।
दैनिक १० मिनेट ध्यान गर्ने
उच्च जोखिम गर्भावस्थामा तनावले रोग प्रतिरोधी क्षमता कमजोर बनाउन सक्छ । त्यसैले तनाव कम गर्नका लागि र सकारात्मक सोच विकास गर्नका लागि दिनमा कम्तीमा १० मिनेट एकाग्र भई ध्यान गर्नु उपयुक्त हुन्छ । यसले मनमा शान्ति प्रदान गर्छ र रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । साथै, हर्मोन सन्तुलनमा पनि सकारात्मक प्रभाव पर्छ ।
गर्भावस्थाको सप्लिमेन्ट लिने
विशेषज्ञहरूका अनुसार पोषक तत्वको कमीले रोग प्रतिरोधात्मक क्षमता प्रभावित हुन्छ । त्यसैले चिकित्सकले सिफारिस गरेका आइरन, फोलिक एसिड र भिटामिन चक्कीहरू नियमित रूपमा लिनुपर्छ । जसले, गर्दा आमा र शिशु दुवैलाई पर्याप्त पोषण प्राप्त होस् । आवश्यक परेमा चिकित्सकले भिटामिन सी वा जिंक सप्लिमेन्ट पनि सिफारिस गर्न सक्छन्।
रातमा चाँडै सुत्ने
निद्राको कमीले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । उच्च जोखिम गर्भावस्थामा हरेक रात कम्तीमा ८ घण्टा सुत्नुपर्छ र सुत्ने समय निश्चित राख्नुपर्छ । राम्रो निद्राले मानसिक स्वास्थ्यलाई पनि सुधार गर्छ ।
ताजा र स्वस्थ खाना मात्रा खाने
यो बेला बजारका तयारी तथा प्याकिङ गरिएका खानेकुरा नखानु नै राम्रो हुन्छ । घरमा पकाएका तजा खानामा पोषक तत्वहरू सही मात्रामा हुन्छन् । यसले रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय राख्छ । साथै खानामा बेसार, कालो मरिच र जिरा जस्ता रोग प्रतिरोधात्मक क्षमता बढाउने मसला समावेश गर्नुपर्छ ।
मास्क र स्यानिटाइजरको प्रयोग गर्ने
उच्च जोखिम गर्भावस्थामा कुनै पनि भाइरल वा ब्याक्टेरियल सङ्क्रमणबाट बच्नु आवश्यक हुन्छ । त्यसैले घरबाहिर निस्कदा, विशेष गरी भीडभाडमा जाँदा मास्क लगाउने र समय–समयमा हात स्यानिटाइज गर्नुपर्छ । भीडभाड भएको ठाउँबाट टाढा रहनाले सुरक्षालाई अझ बलियो बनाउँछ ।
यो अवस्थामा साना-साना परिवर्तनहरू जस्तै सही खानपान, पर्याप्त निद्रा, सुरक्षित हर्बल पेय पदार्थको सेवन , नियमित ध्यानले रोग र सरसफाइमा विशेष ध्यान दिएर प्रतिरोधात्मक क्षमता सुधार गर्न सकिन्छ ।
उच्च जोखिम गर्भावस्था किन हुन्छ ?
उच्च जोखिम गर्भावस्था तब हुन्छ, जब आमाको उमेर ३५ वर्षभन्दा बढी वा १८ वर्षभन्दा कम हुन्छ, उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुसम्बन्धी समस्या, जुम्ल्याहा भ्रूण वा अघिल्लो पटक समस्या भएको अवस्थामा गर्भावस्था उच्च जोखिमयुक्त हुन्छ ।
उच्च जोखिम गर्भावस्थामा के गर्नुहुँदैन ?
यो अवस्थामा भारी सामान उठाउन, अचानक झुक्न वा छिटो हिँड्नबाट जोगिनुपर्छ । चिकित्सकको सल्लाहबिना कुनै औषधि लिन हुँदैन । बाहिरको अस्वस्थकर खानबाट जोगिनुपर्छ । साथै तनाव र चिन्ताबाट टाढा रहनुपर्छ किनभने यसले आमा र शिशु दुवैको स्वास्थ्यमा असर गर्न सक्छ ।
उच्च जोखिम गर्भावस्थामा कसरी आराम गर्ने ?
आरामका लागि हरेक दिन ८–९ घण्टा निदाउनु आवश्यक छ । दिनमा केही समय सुत्ने वा खुट्टा माथि राखेर आराम गर्नाले खुट्टा सुन्निने समस्या कम हुन्छ, गहिरो सास फेर्ने व्यायाम, हल्का संगीत र ध्यानले मानसिक शान्ति प्रदान गर्छ र शरीरलाई आराम दिन्छ ।
प्रतिक्रिया 4